जिल्ला सम्वन्य समितिद्धारा मालारानी गाँउपालिकामा अनुगमन

प्रेमनारायण आचार्य अर्घाखाँची २४ मसिर-अर्घाखाँचीको मालारानी गाँउपालिकामा भएका विकास निर्माण र गतिविधिको जिल्ला समन्वय समितिले आज अनुगमन गरेको छ । गाँउपालिकामा बन्न लागेका मोटरबाटो, खानेपानी , अनुगमन गरिएको थियोे । अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले विकास योजना पारदर्शी र दिगो टिकाउ हुने खालका बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप

Read more

लैङ्गिक हिंसा न्यूनीकरणका लागि ३ सय ६५ दिनको जागरुकता जरुरी रहेको सरोकारवालाको भनाई

वसन्त श्रेष्ठ छापेली मंसिर २४ अर्घाखाँची – लैङ्गिक हिंसा न्यूनीकरणका लागि ३ सय ६५ दिनको सजगता र तत्परता जरुरी रहेको सरोकारवालाले बताएका छन । समानताको पुस्ता ः बलात्कार बिरुद्ध एक्यबद्धता भन्ने मूल नाराका साथ सुरु भएको महिला हिंसा बिरुद्धको १६ दिनको अभियान समापन कार्यक्रममा बोल्दै सहभागीले दिवश मनाउने सांकेतिक दिन मात्रै भएको भन्दै गाउँ टोल र बस्ती बस्तीसम्म सामाजिक सचेतना

Read more

राष्ट्रिय जनगणना २०७८ को पुर्व तैयारी सम्बन्धि जिल्ला स्तरिय अन्तरक्रिया

श्याम घिमिरेमंसिर २४ अर्घाखाँची-मेरो गणना मेरो सहभागीता भन्ने मुल नारा सहित राष्ट्रिय जनगणना २०७८ को पुर्व तैयारी सम्बन्धि जिल्ला स्तरिय अन्तरक्रिया तथा छलफल कार्यक्रम मंगलबार सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, सितगंगा नगरपालीका प्रमुख सुर्यप्रसाद अधिकारी,भुमिकास्थान नगरपालिका प्रमुख रेशम थापा, मालारानि गाउँपालिका अध्यक्ष बालकृष्ण आचर्य,

Read more

साना किसान कृषि सहकारी संस्था समाजबादको बाटोमा – राष्ट्रिय सभा सदस्य खड्का

नबिन के.सी मंसिर २४ अर्घाखाँची – देशलाई सम्बृद्धिको यात्रामा अगाडि बढाई समाजबादको बाटोमा सहकारी संस्थाहरु हिडेको राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले बताउनु भयो । प्रगतिशिल साना किसान कृषि सहकारी संस्था मालारानी १ र २ को दोस्रो साधारण सभालाई उद्धघाटन गर्दै खड्काले महिला दिदि बहिनीहरु साना किसान कृषि सहकारी संस्थाहरुले व्यबाहारमा समाजबाद लागु गरेको बताउनु भयो । ‘हामिले समाज बाद

Read more

प्रकाश सचेतन समुह (प्राग)को १२ औं अधिवेशन सम्पन्न , मानबअधिकारको क्षेत्रमा कामगर्ने कुरा कठिन भएको नजिर मियाँको भनाई (तस्बित सहित)

श्याम घिमिरेमंसिर २४ अर्घाखाँची – संबिधान सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नजिर मियाँले मानबअधिकारको क्षेत्रमा कामगर्ने कुरा अत्यन्तै कठिन भएपनि यसको प्रभाबले समाजमा सकरात्मक परीबर्तन आएको बताउनुभएको छ । सामाजीक बिभेद्को अन्त्य र मानब अधिकारको संरक्षण र सम्बद्र्धनको क्षेत्रमा जिल्लामा बिभिन्न गतिबिधिहरु गर्दे आईरहेको प्रकाश सचेतन समूह (प्राग) अर्घाखाँचीको १२ औं अधिवेशनको मंगलबार सन्धिखर्कमा उद्घाटन गर्दे मियाँले

Read more

कोहलपुरमा अनिश्‍चितकालीन कर्फ्यु

मंसिर २२, २०७६ नेपालगञ्ज : एक स्कुले बालिकालाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि उत्पन्न तनावले उग्ररूप लिएपछि कोहलपुर क्षेत्रमा प्रशासनले कर्फ्यु लगाएको छ।  ना. २ ख ९४५९ नम्बरको ट्रकले भे. ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन्। यही घटनालाई लिएर भएको प्रदर्शनले हिंसात्मकरूप लिएपछि आइतबार दिउँसो ३ बजेदेखि प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको हो। 

Read more

कोहलपुर तनाव ग्रस्त– डिएसपीसहित दर्जन बढी घाइते

मंसिर २२, २०७६ काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिका घाइते भएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । प्रदर्शनकारी र प्रहरी विच झडप भएको छ । आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट कोहलपुर–१० की प्रकृति चन्द घाइते भएसँगै त्यहाँ तनाव बढेको हो । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका

Read more

सन्धिखर्क ग्रीन ईङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे मंसिर २१ अर्घाखाँची – सन्धिखर्क ग्रीन ईङ्गलिस बोर्डिङ्ग स्कुल सनपा २ को आयोजनामा कक्षा प्लेग्रुप, नर्सरी, एल.के.जी र यु.के.जी. सम्म अध्ययनरत विधार्थीका अभिभावकहरुसँग शैक्षिक अन्तरक्रिया कार्यक्रम सनिबार सम्पन्न भएको छ । बिद्यालयका प्रिन्सिपल टेक बहादुर थापाको अध्यक्षता, शिक्षक ओमप्रकाश पौडेलको स्वागत मन्तव्य, आर्थिक कोर्डिनेटर विशाल खनालको सहजिकरण तथा सहायक प्रिन्सिपल नारायण प्रसाद भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा सम्बन्धित कक्षाका

Read more

नागरीक समाज अर्घाखाँचीको प्रथम अधिवेशन सम्पन्न, देशमा साच्चीकै लोकतन्त्र आउन नसकेको नागरीक समाजका अगुवा डाक्टर केसीको टिप्पणी (तस्बिर सहित)

श्याम घिमिरेमंसिर २१ अर्घाखाँची – राजनीतिक विश्लेषक तथा नागरीक समाजका अगुवा डाक्टर सुरेन्द्र केसीले देशमा लोकतन्त्रको स्थापना भएपनि साच्चीकै लोकतन्त्र आउन नसकेको बताउनु भएको छ । केसीले राजनितिक दलहरुले जनतामा भनेजस्तो काम गर्न नसकेकोले पछिल्लो समय जनतामा नैराश्यता उत्पन्न भएको बताउनु भयो । नागरीक समाज अर्घाखाँचीको दोस्रो साधारण सभा तथा प्रथम अधिबेशनको सनिबार सन्धिखर्कमा उद्घाटन गर्दे केसीले यस्तो बताउनु भएको

Read more

नेकपा मालारानी ३ को कमिटी बिघटन, उपचुनावको छाबिन गर्न आयोग गठन

सन्धिखर्क एफएममंसिर २१ अर्घाखाँची – नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँचीले मालारानी ३ को वडा कमिटी बिघटन गरेको छ । हालै सम्पन्न ३ नम्बर वडा अध्यक्षको उपनिर्वाचनमा पार्टीले अनपेक्षित रुपमा पराजय भोग्नुपरेको भन्दै जिल्ला कार्यालयको बैठकले कमिटी विघटन गरेको हो । बैठकले पार्टी काम संचालनको निम्ति बिरबहादुर के.सी.को संयोजकत्वमा ५ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । कमिटीको सदस्यमा बि.आर. खनाल

Read more

पत्रकार रिजाललाई आर्थिक सहयोग

मंसिर २०, २०७६ दाङ : मुटुको समस्याले उपचाररत नेपाल पत्रकार महासंघका प्रदेश-५ का सभासद महेश रिजाललाई नेपाल पत्रकार महासंघ दाङ शाखाले आर्थिक सहयोग गरेको छ। महासंघले शुक्रबार रिजाललाई नगद सहयोग गरेको हो। उपचार सहयोगार्थ पत्रकार महासंघ दाङले एक लाख २५ हजार ६५ रुपैयाँ हस्तान्तरण गरिएको हो। पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, दाङ शाखा अध्यक्ष सविन प्रियासन, पूर्वअध्यक्ष केवी

Read more

लाईन्स क्लब काठमाडौं ढिकुरा समाज द्धारा शारदा माबिलाई कम्प्युटर हस्तान्तरण

बिन्दु घिमिरे मंसिर १९ अर्घाखाँची –लाईन्स क्लब काठमाडौं ढिकुरा समाज द्धारा भुमिकास्थान नगरपालीका ९ ढिकुरामा रहेको शारदा माध्यमिक बिद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । भुमिकास्थान नगरपालीका वडानम्बर ९ का वडाअध्यक्ष नारायण प्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लाईन्स क्लब काठमाडौ ढिकुरा समाजका अध्यक्ष ढुडिराज भट्टराई, प्रधानध्यापक बिष्णु अधिकारी, बिद्यालय ब्यबस्थापन समीतीका पदाधीकारी लगायतको उपस्थिति रहेको

Read more

नियमित सरसफाईले टोलको मुहारै फेरीयो (तस्बिर सहित)

श्याम घिमिरेमंसिर १९ अर्घाखाँची –घर आँगन, टोल, बस्ती र विद्यालयलाई सरसफाईमा अब्बल राख्न सकेमा मानिसहरु स्वस्थ्य बन्न सक्छन । सरसफाइमा बिशेष ध्यान दिईयो भने रोग लाग्नबाट बचिन्छ । दैनिक खानेकुराहरु फोहोरबाट जोगाउने, ताजा ,सफा, सुरक्षित र सन्तुलित खानेकुराहरु खाने र शारीरीक व्यायमलाई निरन्तरता दिएमा मानिस निरोगी भई बाच्न सक्छ । निरोगी भएमा उसले दैनिक कृयाकलापहरु सहजै रुपमा सन्चालन गर्न सक्छ

Read more

अन्तराष्ट्रिय अपाङ्गता दिवसको अबसरमा शैक्षिक सामाग्री बितरण

श्याम घिमिरे ,मंसिर १७ अर्घाखाँची – २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अबसरमा सन्धिखर्क १ मा रहेको निर्मल नवज्योति सुश्त मनस्थिति विद्यालयका छात्रछात्राहरुलाई आज एक कार्यक्रमका बिच शैक्षिक सामग्री वितरण गरीएको छ । सामाग्री बितरण कार्यक्रममा विद्यालयका प्रअ कमला भुसाल, राष्ट्रिय अपाङ्गता महासंघ प्रदेश नं ५ सदस्य कमला परियार, बिष्नु प्रसाद भुसाल, कृष्ण भट्टराई, स्थानिय अभिभावक लगायतको उपस्थिति रहेको कमला परीयारले

Read more

महिला भलिबल टोली, भारतसँग पराजित

मंसिर १७, २०७६ काठमाडौं : १३ औं सागमा नेपाली महिला भलिबल टोली ऐतिहासिक स्वर्ण पदक जित्नबाट चुकेको छ। बलियो प्रतिद्वन्द्वी भारतसँग ३-२ को सेटमा पराजित भएपछि नेपाल रजतमै सीमित भएको हो।  त्रिपुरेश्वरस्थित कभर्डहलमा महिला भलिबलको स्वर्ण भिडन्तमा नेपाली टोलीले दोस्रो सेट बराबरी गरेको छ। कडा प्रतिस्पर्धाबीच पहिलो सेट नेपाली खेलाडीले निक्कै मेहेनत गरे।  पहिलो सेट गुमाएको नेपाल दोस्रो सेटदेखि खेलमा फर्किएको थियो। दोस्रो सेटको १२ औं

Read more

बागलुङ जीप दुर्घटना अपडेट: ज्यान गुमाएका १४ जनाकै परिचय खुल्याे

काठमाण्डाै – बागलुङको बडिगाडमा जीप दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा जीप चालक गुल्मीको इश्मा गाउँपालिका ५ का २५ वर्षीय रेशम थापासहित माया थापा, बसुन्धरा कार्की, इश्मा ४ का ४० वर्षीया सिता कार्की, उहाँकी २ वर्षकी छोरी अनुसा कार्की, ६५ वर्षीय झवि कार्की, ४० वर्षका महेन्द्र कार्की, भूमि कार्की, सूचना कार्की, २५ वर्षीया मिना बस्नेत छन्

Read more

जनगायक जीवन शर्माका छोराको उपचारकालागि अर्घाखाँचीबाट पनि सहयोग ।

श्याम घिमिरेमंसिर १७ काठमाण्डौ – जनगायक जीवन शर्माको छोराको उपचारका लागि बिभिन्न देश र संघ संस्थाबाट सहयोग रकम जुटिरहेको बेला अर्घाखाँचीबाट पनि सहयोग रमक संकलन गरी हस्तान्तरण गरीएको छ । जटिल रोगका कारण बिगत केही महिना देखी त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा उपचारार्थ शर्माका माईला छोरा अमृत आचार्यको उपचारमा सहयोग पुग्ने हेतुले अर्घाखाँचीका युबा व्यवसायी तथा समामिक व्यक्तित्व कबिराम खनालको

Read more

उपनिर्वाचनको सबै नतिजा सार्वजनिक नेकपा ३० र काँग्रेस १३ स्थानमा विजयी

श्याम घिमिरे १६ मंसिर –मंसिर १४ गते ५२ पदका लागि भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन,गाउँपालिका उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ का लागि भएको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको जनाएको छ । नेकपाका उम्मेदवार ३०, कांग्रेस उम्मेदवार १३, समाजवादी पार्टीका उम्मेदवार चार, राजपा उम्मेदवार तीन, राष्ट्रिय जनमोर्चाका

Read more

कास्की–२ मा भट्टराईले बनाइन् दोब्बर मतको अग्रता

मंसिर १५, २०७६ पोखरा : उपनिर्वाचनको एक मात्र प्रतिनिधिसभाको निर्वाचन भएको कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छन्। अहिलेसम्म पोखरा महानगर ३३ र २१ वडाको मत गणना सकिएको छ। दुई वटा वडाको मत गणना गर्दा नेकपाकी उमेद्वार विद्या भट्टराई काग्रेसका उमेद्वार खेमराज पौडेल भन्दा दोब्बर मतान्तरले अगाडी छिन्। पछिल्लो मतपरिणाम अनुसार विद्याले ६

Read more

मालारानीमा ३ मा कांग्रेस उमेद्वार बिजयी, काँग्रेसले उल्टायो नतिजा

श्याम घिमिरेमंसिर १५ अर्घाखाँची –अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल विजयी हुनु भएको छ । खनालले ११ सय ५९ मत प्राप्त गरेर बिजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेकपाका यमलाल खनालले भन्दा १०६ मत बढी ल्याएर शोभाखर खनाल विजयी हनु भएको हो । नेकपाका यमलालले १ हजार ५३ मत प्राप्त गर्नुभएको हो । कुल २२ सय

Read more

मालारानी ३ मा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न, ७३.८९ प्रतितशत मतदान

श्याम घिमिरेमंसिर १४, अर्घाखाँची –अर्घाखाँचीको मालारानी गाँउपालीका वडानं ३ मा उत्साहजनक रुपमा मतदान कार्य सम्पन्न भएको छ । साँझ ५ बजे सम्पन्न निर्वाचनमा २ हजार २ सय २५ मत (७३.८९ प्रतितशत) खसेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिनुभयो । जसमध्ये १००१ पुरुष र १२२४ जना महिला मतदाताहरुले मतदान गरेका हुन । निर्वाचनको लागि वडाका २ स्थलमा ४ मतदान केन्द्र

Read more

मालारानी ३ मा उत्साहजनक रुपमा मतदान जारी ।

श्याम घिमिरेमंसिर १४, अर्घाखाँची –अर्घाखाँचीको मालारानी गाँउपालीका वडानं ३ मा उत्साहजनक रुपमा मतदान जारी रहेको छ । दिउँसो ३ बजेसम्म २ हजार ८७ मत (६९.३१ प्रतितशत) खसेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिनुभयो । जसमध्य ९८८ पुरुष र १०९९ महिला मतदाताहरुले मतदान गरेको बताईएको छ । निर्वाचनको लागि वडाका २ स्थलमा ४ मतदान केन्द्र तोकिएको छ । जस अन्तरगत

Read more

सबारी दुर्घटना न्युनिकरण सम्बन्धि सर्बपक्षिय बैठक सम्पन्न,पहिलो पटक छानबिन समिति गठन ( निर्णयहरू सहित)

श्याम घिमिरेमंसिर १३ अर्घाखाँची –अर्घाखाँचीको नरपानीमा गत बुधबार भएको दुःखद दुर्घटना र समग्र जिल्लाको यातायात व्यवस्था सुधार सम्बन्धी सुक्रबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सर्बपक्षिय बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल र सहायक प्रजिअ बिष्णुराज बेल्बासेलकोे सहजिकरणमा सम्पन्न बैठकले सबारी दुर्घटना,दुर्घटनाको कारण र न्युनिकरणका उपायहरुको बारमा महत्वपुर्ण निर्णयहरु गरेको छ । बैठकमा प्रदेश सांसद राजजी

Read more

नरपानी बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै परिचय खुल्यो (विवरण सहित)

श्याम घिमिरे मंसिर १२ अर्घाखाँची – नरपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउने १९ जनाकै परिचय खुलेको छ । सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुकी बस दुर्घटना हुँदा गाडी धनी सितगंगा नगरपालिका–२ का ३८ बर्षिय सन्तबहादुर बस्नेत र चालक गुल्मी मदाने गाउँपालीका २ हाल रुपन्देही भैरहवा बस्ने बसन्त भनिने बर्ष ३२ का ओमबहादुर थापा सहित १९ जनाको ज्यान गएको थियो । दुर्घटनामा

Read more

नरपानी बस दुर्घटनाप्रति देउराली यातायात अर्घाखाँची प्रालि द्धारा दुःख व्यक्त

सन्धिखर्क एफएम मंसिर १२ अर्घाखाँची- नरपानीमा बुधबार भएको सड्क दुर्घटनाप्रति देउराली यातायात अर्घाखाँची प्रालिले दुःख व्यक्त गरेको छ । प्रालिका प्रबक्ता गोबिन्द बन्जाडेले एक बिज्ञप्ती जारी गरी दुर्घटनामा दिबंगत भएकाहरुप्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दे शोकाकुल परिबारजनहरुमा गहिरो सम्बेदना प्रकट गर्नु भएको छ । यस्तै बन्जाडेले घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । पटक पटक हुने सड्क दुर्घटनालाई न्यूनिकरण

Read more

नरपानी बस दुर्घटनाप्रति दुःख व्यक्त

सन्धिखर्क एफएम मंसिर १२ अर्घाखाँची – अर्घाखाँचीको नरपानीमा बुधबार भएको सड्क दुर्घटनामा परि १९ जनाको मृत्यु र १८ जना घाईते भएको घटना प्रति राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्काले शोक वक्तव्य निकाल्नु भएको छ । दुर्घटनामा जिल्लामा पहिलो पटक ठुलो क्षेती भएको भन्दै दुर्घटनमा परि दिबंगत भएकाहरु प्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिबार जनप्रति गहिरो सम्बेदना प्रकट गर्नु भएको छ

Read more

अर्घाखाँची बस दुर्घटना – मृतकको सङ्ंख्या १९ पुग्यो, १८ जना घाइते (पुरा विवरण सहित)

श्याम घिमिरे मंसिर १२ अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडानं. ६ नरपानीमा बुधबार दिउँसो भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घटनास्थलमा १७ जना र २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । मृतक मध्ये १० जनाको सनाखत भएको छ भने अन्य ९ जनाको

Read more

अर्घाखाँची बस दुर्घटना : मृतकको सङ्ंख्या १८ पुग्यो, ६ जनाको सनाखत, १३ जना घाइते

श्याम घिमिरे मंसिर ११ अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडानं. ६ नरपानीमा बुधबार दिउँसो भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेकोे लु २ ख २१४८ नम्बरको बस नरपानी नजिकैको रातामाटाको घुम्तीमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा १७ जनाको घटनास्थलमै र एक

Read more

अतिरिक्त शुल्क समायोजन गर्ने सरकार र निजी मेडिकल कलेजबीच सहमति

मंसिर १०, २०७६ बुधबार काठमाण्डौ – मेडिकल कलेज सञ्चालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्ने भएका छन् । मंगलबार मध्यरातमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकबीच दुई बुँदे सहमति भएर विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन हुने भएको हो । सहमतिअनुसार विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क बुधबारदेखि नै समायोजन हुनेछ । शैक्षिक सत्र २०७४\७५ र २०७५\०७६ मा सरकारले

Read more

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड १० दिन बन्द हने

श्याम घिमिरे मंसिर १०,अर्घाखाँची – गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड मंसिर १० गते देखि १० दिन बन्द हुने भएको छ । सो सडकखण्ड अन्र्तरगत नरपानी देखि घुम्ती सम्मको साघुरा मोडहरु फराकिलो गराउने योजना अनरुप मंसिर १० गते बिहान ७ बजे देखि ११ बजे सम्म र दिउँसो १ बजे देखि अपह्रान्न ४ बजे सम्म लगातार कम्तिमा १० दिन सम्म सडक बन्द हुने सडक डिभिजन

Read more

लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान

हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरिन्छ । विभिन्न अध्यनहरु अनुसार संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यस्तै अर्को अध्यनले

Read more

कलाकार जीवन परियारको शब्दमा गायक बिक्रम जङ्ग शाहको टिलपिल टिलपिल तारा

सन्धिखर्क एफएम म‌सिर १० अर्घाखाँची –अर्घाखाँचीका कलाकार जीवन परियारको शब्दमा गायक बिक्रम जङ्ग शाहको टिलपिल टिलपिल तारा भिडियो हालै सार्वजनिक भएको छ । सन्धिखर्क नेपाली गीत संगीतको सवै क्षेत्रमा कलम चलाउन सक्ने गायक जीवन परियार कुनै नौंलो नाम होइन । गाउन, लेख्न र संगीत गर्न सक्ने परियाले “टिलपिल टिलपिल तारामा” निकै मिठो संगीत भरेका छन् । तिनै जीवन परियारले संगीत गरेको “टिलपिल

Read more

बृज सिमेन्ट एक्सपोर्ट मेसन क्लब कार्यक्रम सन्धिखर्कमा सम्पन्न (तस्बिर सहित )

श्याम घिमिरे मंसिर ९ अर्घाखाँची – बृज सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि ले जिल्लामा रहेका ठेकेदारहरुसंग सदरमुकाम सन्खिर्कमा सोमबार बृज सिमेन्ट एक्सपर्ट मेसन क्लब कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले हालै ल्याएको एक्सपर्ट क्लब योजना बारे जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरीएको कंम्पनीका सेल्स एण्ड मार्केटिङ् म्यानेजर नुमेन्द्र पौडेलले बताए । वृज सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि. द्धारा उत्पादन गरीएका कुनै पनि सिमेन्ट

Read more

मतदातालाई ढुक्कसंग मतदान गर्न प्रजिअ पौडेलको आग्रह ।

श्याम घिमिरे मंसीर ९ अर्घाखाँची – अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले मतदाताहरुलाई ढुक्कसंग मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ । प्रजिअ पौडेलले जिल्लाको मालारानी गाउँपालीका वडानं.३ खनदहमा मंसिर १४ गते हुने उपनिर्वाचन निष्पक्ष,सुरक्षित, शान्तिपूर्ण , व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न हुने भन्दै सुरक्षा व्यवस्था मजबुद पारीएकोले निर्वाचनमा ढुक्क भई मतदान गर्न मतदालाहरुलाई यस्तो आग्रह गर्नुभएको हो । रिपोर्टर्स क्लब

Read more

अर्घाखाँचीमा ७० बर्षिय बृद्धाको भिरबाट लडेर ज्यानगयो ।

श्याम घिमिरे मंसीर ८ अर्घाखाँची – अर्घाखाँचीको भुमिकास्थान नगरपालीकामा एक जनाको भिरबाट लडेर ज्यान गएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर–९ ढिकुरा डेभाका ७० बर्षिय जग बहादुर नेपालीको भिरबाट लडेर ज्यान गएको हो । सुक्रबार दिउँसो घरबाट गाउँ जान्छु भनि हिडेको र साँझ सम्म पनि घर नफर्कीएपछी आफन्तले खोजतलास गर्दै जादा आईतबार दिउँसो नेपालीको घर नजिकै बाटो देखी अन्दाजी २

Read more

पाणिनीको अड्गुरी स्वास्थचौकी भवन उद्घाटन,स्वास्थ क्षेत्रमा सरकारले प्रभावकारी ढंगबाट काम गरेको छ -मन्त्री बराल

सन्धिखर्क एफएम मंसिर ८ अर्घाखाँची -प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वास्थ क्षेत्रमा सरकारले प्रभावकारी ढंगबाट काम गरेको बताएका छन् । एक स्थानिय तह एक अस्पतालको योजना प्रभावकारी बनेको भन्दै उनले बर्थिङ्ग सेन्टर, उपकरण र अत्यावश्यक औषधिहरु उपलब्ध गराउन सरकार लागिपरेको उल्लेख गरे ।अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नंम्बर–७, अड्गुरीमा रहेको अड्गुरी स्वास्थ चौकिको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री बरालले

Read more

उप–निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने प्रजिअ पौडेलको दाबी

श्याम घिमिरे मंसीर ७ अर्घाखाँची –अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले उपनिर्वाचन भयरहित तवरबाट सम्पन्न हुने बताउनुभएको छ । सन्धिखर्क एफएम संग सनिबार बिशेष कुराकानी गर्दे पौडेलले जिल्लाको मालारानी गाउँपालीका वडानं.३ मा मंसिर १४ गते हुने उपनिर्वाचनलाई निष्पक्ष,व्यवस्थित, सुरक्षित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने बताउनुभयो । उहाँले निर्वाचनमा ढुक्क भएर मतदानगर्न सबै मतदाताहरुलाई आग्रह समेत गर्नु भयो । यसैबिच

Read more

भुमिकास्थान ६ खिल्जीमा हाटबजार संचालन,देश नयाँ युगमा प्रवेश गरेको प्रदेशसभा सदस्य घिमिरेको भनाइ (तस्बिर सहित)

शोभाखर पन्थी मंसिर ७ अर्घाखाँची – साना किसान कृषि सहकारी संस्था लिमिटेड भुमिकास्थान ६ खिल्जीले हाटबजार संचालन गरेको छ । स्थानीय कृषि उपजको सहज बिक्रीवितरणको व्यवस्था मिलाई कृषकहरू लाई बिचौलिया बाट मुक्त पार्ने उद्देश्यले संचालित हाट बजारको एक समारोहका बीच प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्दै उहाँले देश नयाँ युगमा प्रवेश गरेको बतउनु भयो ।

Read more

आचारसंहिता उल्लंघन भएको भन्दै कांग्रेसको उजुरी , आचारसंहिता बिपरित कुनै कार्य नगरेको नेकपा नेता खड्काको भनाई

श्याम घिमिरे मंसीर ६ अर्घाखाँची – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडानं.–३ मा हुने उपनिर्वाचनमा नेकपाले आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेस अर्घाखाँचीले सुक्रबार उजुरी दर्ता गराएको छ । सत्ताको आडमा नेकपाले आचारसंहिता र सहमती पालना नगरेको नेपाली कांग्रेसले जनाएको छ । निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ को मर्म विपरित, आचारसंहिताको नियम ३ को उपनियम ‘ख’ विपरित

Read more

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्धारा प्रथम चौमासिक अबधिमा सम्पादीत गरेका कार्यहरु सार्बजनिक , सरकारी गाडीको दुरुपयोग गरे कारबाही गर्ने प्रजिअ पौडेलको उद्घोष

श्याम घिमिरे मंसीर ६ अर्घाखाँची – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आ.ब २०७६।०७७ को प्रथम चौमासिक अबधिमा प्रशासनले सम्पादीत गरेका कार्यहरुको बारेमा आज सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजनागरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा सहजीकरण गर्दे प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जिल्ला प्रशासन कार्यालयले चार महिनामा गरेका बिभिन्न कामहरुको प्रगति बिबरण पेश गर्नुभएको हो । प्रजिअ पौडेलले जिल्लाको शान्तिसुरक्षा,सुरक्षा समितिको काम,कार्यालयबाट गरीएका

Read more

भुमिकास्थान ४ मा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण तालिम र योजना सम्झौता कार्यक्रम सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे मंसीर ५ अर्घाखाँची – भूमिकास्थान नगरपालिकाको आयोजनामा नगरको वडानम्वर ४ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण तालिम तथा योजना सम्झौता सम्बन्धि कार्यक्रम बिहिबार धारापानीमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६।०७७ मा वडाबाट सञ्चालन हुने विभिन्न १४ वटा योजनाहरुका उपभोक्ता समिति र सरोकारवालाबीच योजना सम्झौता र कार्यादेश दिने काम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न उपभोक्ता

Read more

त्रिबेणी सहकारीको आठौं स्थापना दिवसको अबसरमा शैक्षिक सामाग्री बितरण (तस्बिर सहित)

श्याम घिमिरे मंसीर ५, अर्घाखाँची – त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड सन्धिखर्कले–२ ले आफ्नो आठौं स्थापना दिबसको अबसरमा सदरमुकाम सन्धिखर्कमा रहेको गंगा आधारभुत बिद्यालयका २० जना गरीब तथा जेहेन्दार छात्रछात्राहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । मस्तिष्कमा समझदारी ,काधँमा जिम्मेवारी ,हृदयमा ईमान्दारी भन्ने मुल नाराका साथ स्थापित सहकारीले आफ्नो स्थापना दिवसको अबसरमा बिहिबार बिद्यालयका छात्रछात्राहरुलाई झोला,कपी कलम लगायतका

Read more

मन्त्रिमण्डल पुनर्गठन : काे-काे हटे, काे-काे आए ? (सूचीसहित)

मंसिर ४,  काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले बुधबार साँझै केही मन्त्री पुरानै र केही नयाँ अनुहार भित्र्याएर मन्त्रिपरिषद् पुनर्गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नु भएको हो ।

Read more

अर्घाखाँचीमा समुदायमा सरकारी वकिल र समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभाबकारी बन्दै (तस्बिर सहित )

श्याम घिमिरे मंसीर ४ अर्घाखाँची – राज्यले नागरिकमा सहज कानुनको पहुँच पु¥याउन भन्दै निःशुल्क रुपमा कानुनी सहायता उपलब्ध गराइरहेको छ । तर राज्यले गरेको यस्तो व्यवस्था प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक अझै पनि कानुनको पहुँचबाट बाहिर रहेका छन् । कानुन हुने खानेका लागि मात्र भएको भन्दै ग्रामिण भेगका कतिपय मुद्दाहरु अदालत सम्म आउन नसक्दा पिडितले न्याय पाउन सकेका छैनन् ।

Read more

चाैरासी पूजाकाे साटाे विद्यालयलाई ११ राेपनी जग्गा दान

प्रेमनारायण आचार्य  मंसिर ३, अर्घाखाँची – पाणिनी गाउँपालिका २ पोखराथोक रयलेका ८४ वर्षीय वृद्धले चौरासी पूजाकाे सट्टा विद्यालयलाई ११ रोपनी जग्गा दान गर्नुभएको छ ।  चौरासी पूजामा गरिने खर्चभन्दा विद्यालयमा गरिने दानले बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने भन्दै रविलाल सार्कीले विद्यालयलाई जग्गा दान गर्नुभएको हो ।  उहाँले पाणिनि गाउँपालिका ३ को खिदीममा रहेको ११ रोपनी जग्गा र पाँच हजार रुपैयाँ पाणिनि गाउँपालिका २

Read more

वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर

मंसिर ३, सल्यान – सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न हुनुभएको छ । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक हुनुभएको हो ।  विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकाल्नु भएको हो । तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार

Read more

अखिल छैठौं अर्घाखाँचीले आसन्न पौषको पहिलो हप्ता २५ औं जिल्ला सम्मेलन गर्ने

सन्धिखर्क एफएम मंसिर २,अर्घाखाँची – अखिल छैठौं अर्घाखाँचीले आसन्न पौषको पहिलो हप्ता २५ औं जिल्ला सम्मेलन गर्ने भएको छ । संगठनको सनिबार सन्धिखर्कमा सम्पन्न बैठकले“शैक्षिक ब्यापारीकरण र संघियता बिरुद्ध हाम्रो आन्दोलन,जनवादी शिक्षा र राष्ट्रियताको रक्षाका लागि २५ औं जिल्ला सम्मेलन”भन्ने मुल नाराका साथ पौष ४ र ५ गते सन्धिखर्कमा सम्मेलन गर्ने निर्णय गरेको अखिल छैठौं अर्घाखाँचीले जनाएको छ । अखिल

Read more

कल्याणीले गर्यो दुइ महिलाको कल्याण

श्याम घिमिरे मंसिर १ अर्घाखाँची – कल्याणी सेवा नेपाल सन्धिखर्कले दुई महिलाहरुलाई कपडा बितरण गरेको छ । श्रीमानको उपचारको लागी सहयोग रकम उठाउन रुपन्देही जिल्लाको सैनामैना नगरपालीकाबाट सन्धिखर्क आएका दुई महिलाहरुलाई राहत स्वरुप कपडा बितरण गरेको हो । श्रीमान क्यान्सर रोगबाट ग्रसीत भई भरतपुर क्यान्सर अस्पतालमा उपचारार्थ रहेको र आर्थिक अभाबको कारण उपचारगर्न नसकेपछी उनिहरु सहयोग जुटाउदै सन्धिखर्क आएको समयमा

Read more

अर्घाखाँची महोत्सवको तयारी तिव्र

सन्धिखर्क एफएम कार्तिक ३०,अर्घाखाँची – अर्घाखाँची चेम्वर अफ कमर्सले आगामी पुष २५ देखी माघ ७ गतेसम्म सन्धिखर्कमा अर्घाखाँची महोत्सव गर्ने भए संगै महोत्सबको तयारीलाई तिव्र पारेको छ । चेम्वरको आयोजनामा पहिलोपटक हुन लागेको महोत्सव अधिकतम जिल्लाको हितमा हुनेगरी सम्पन्न गर्नका लागि आफुहरु गम्भिरताका साथ तयारीमा लागेको चेम्वरका अध्यक्ष अशोक कुमार श्रेष्ठले जानकारी दिए । सुक्रबार सन्धिखर्कमा बसेको चेम्वर अर्घाखाँचीको बैठकले

Read more

न्याय बुझाउन गाँउगाँउमा सरकारी वकिल (तस्बिर सहित)

श्याम घिमिरे कार्तिक २९ अर्घाखाँची – राज्यले नागरिकमा सहज कानुनको पहुँच पु¥याउन भन्दै निःशुल्क रुपमा कानुनी सहायता उपलब्ध गराइरहेको छ । तर राज्यले गरेको यस्तो व्यवस्था प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक अझै पनि कानुनको पहुँचबाट बाहिर रहेका छन् । कानुन हुने खानेका लागि मात्र भएको भन्दै ग्रामिण भेगका कतिपय मुद्दाहरु अदालत सम्म आउन नसक्दा पिडितले न्याय पाउन सकेका छैनन् ।

Read more
« Older Entries