गौशालामा गोली चल्यो, गुन्डा नाइके गणेश लामा प्रहरी नियन्त्रणमा

चैत्र १, २०७४ काठमाडौं : गौशालास्थित एक होटलमा गोली चलेको छ। गौशालास्थित पशुपति भिजन होटलमा गोली चलेको हो।

गोली चलेको थाहा पाएपछि बुधबार राति उक्त होटल पुगेको काठमाडौं प्रहरी परिसरको टोलीले होटलबाट गुन्डा नाइकेका रुपमा चिनिएका गणेश लामालाई पक्राउ गरेको छ।

लामा होटलबाट पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए। लामालाई लक्षित गरेर कसैले गोली प्रहार गरेको भएपनि कसैलाई गोली नलागेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको पोखरेलले जानकारी दिए।

लामाले आफूलाई लक्षित गरेर दुई जनाले गोली हानेर भागेको बताएको प्रहरीको भनाइ छ। लामाको साथबाट एक पेस्तोल र ६  राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

लामा गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’बाट नेपाली कांग्रेसको टिकटमा चुनाव लडेका थिए।

तर उनी एमालेका चन्द्र लामासँग पराजित भए। उनीविरुद्ध अकुत सम्पती कमाएको, फिरौती र ज्यान मार्ने उद्योग लगायतका मुद्दामा चलेका थिए। त्यसपछि उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक हुँदै नेपाली कांग्रेस प्रवेश गरेका थिए। प्रहरीले गुन्डाहरूविरुद्ध पछिल्लो समय कडा कारबाही गर्दै आएको छ।

जसअनुसार केही गुन्डा इन्काउन्टरमा मारिएका छन् भने केहीलाई जेल चलान गरिएको छ।

source:thahakhabar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.