प्रकृति बचाउन अर्घाखाँचीमा दस घर एक पाेखरी अभियान शुरु
श्याम घिमिरे चैत्र २ अर्घाखाँची- पाेखरी मासिएका कारण दिनप्रतिदिन पानीका मुहानहरु सुक्दै गैरहेकाे निष्कर्ष निकाल्दै अर्घनखाँचीमा दश घर एक पाेखरी अभियान शुरु गरिएकाे छ । गाउँ गाउँमा रहेका पाेखरीहरु संरक्षणकाे अभावमा मासिदै गैरहेका बेला युवाहरुकाे सक्रियतामा अभियानकाे सुभारम्भ गरिएकाे हाे ।
पाेखरीहरु मासिदै जाँदा अाकासबाट परेकाे पानी जमिनभित्र सिंचित हुन नपाएका कारण पानीका मुहानहरु सुक्दै गएपछि प्रकृतीकाे संरक्षणकाे लागि अभियान शुरु गरिएकाे अभियानकर्मी युवा व्यवसायी कृष्ण प्रसाद भुसालले बताउनुभयाे ।
विद्यालय, सडक, प्रतिक्षालय जस्ता संरचनाहरु निर्माण गर्दा पाेखरीहरु मासिदै गएकाे र यसका कारण मानव जीवनमा नै प्रत्यक्ष प्रभाव पर्ने खतरा कम गर्न अभियान शुरु गरिएकाे अर्का अभियान कर्मी, युवा व्यवसायी एवं नयाँ एफ एम का स्टेसन म्यानेजर हरि प्रसाद भुसालकाे भनाई छ ।
अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा गरि पाँच सय पाेखरी निर्माण गर्ने लक्ष्य लिएकाे अभियानले एक हप्ताकाे विचमा करिव एक दर्जन पाेखरी निर्माण गरिसकेकाे छ । अभियानलाइ निश्चित घेराभित्र मात्र सिमित नगरी देशैभर संचालन गर्नुपर्नेमा अभियानले जाेड दिएकाे छ ।