अपराधिलाई कडा सजायको माग गर्दै प्रशासन मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण

अपराधिलाई कडा सजायको माग गर्दै प्रशासन मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण

घनश्याम पौडेल
सन्धिखर्क, १८ चैत । अन्तर पार्टी महिला सञ्जाल जिल्ला कार्य समिती अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ध्यानाकर्षण गराएका छन्, । जिल्ला अध्यक्ष शुसिला गैरे, पुर्व जिल्ला अध्यक्ष शान्ता भण्डारी, जिल्ला सचिव छमकुमारी खनाल चिनारी लगाएतका महिलाहरुले बुझाएको ध्यानाकर्षणमा २१ औ शताव्दीमा पनि बोक्सीको नाममा महिला माथी क्रुर यातना दिनेका काम गलत भएको बताउँदै फागुन २४ गते कैलालीको घोडाघोडी नगरपालिका ५ मा २० वर्षे राधा चौधरीलाई बोक्सीको आरोप लगाई चरण यातना दिएर मरणासम्म पु¥याउँदा पनी सम्बन्धीत निकाएको ध्यान नगएकोले ध्यानाकर्षण गराएको छ ।

त्यस्तै पर्साको पटेर्वा सुनौली नगरपालिका ५ मा ८ वर्षकी बालिका सामूहिक बलात्कारको शिकार भएकी बालीका अस्पतालको वेडमा छटपटाई रहेकी छिन, उता धनुषामा पनि १९ वर्षिय स्नेया यादवको आफ्नै बावुद्धारा चरम यातना दिई हत्या गरिएकोमा यस्ता घटनाले आधा आकास र आधा धरती ओगटेका महिला समुदायलाई लज्जित तुल्याएको छ, यसमा मानव अधिकार विरोधी हिंसाका घटना रोक्न कानूनमा प्रयाप्त व्यवस्था गरी अपराधिलाई कडा भन्दा कडा सजाय दिनु पर्दछ भने समाजमा विद्यमान विकृति, विसंगति, अन्धविश्वास, अशिक्षा र पछौटेपन अन्त्य हुन जरुरी रहेको भन्दै ध्यानाकर्षण गराएको हो ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत गृह मन्त्रीलाई गराएको ध्यानाकर्षणमा सवै घटनामा संलग्न सवै दोषीहरुलाई कुनै पनि वाहानामा उन्मुखी नदिई कार्वाही गर्न माग अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीले गरेको छ । ध्यानाकर्षण पत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी शङकर भुसालले र्गहमन्त्री समक्ष ध्यानाकर्षण पत्र पठाउँने बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.