मैदान स्वास्थ्य चौकीको उद्घाटन गर्दै रायमाझीले भने सरकार आउँने जाने भईरहन्छ

घनश्याम पौडेल
अर्घाखाँची, १९ चैत । पुर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझीले सरकार आउँने जाने भईरहेको छ र भईरहन्छन पनी । तर सरकार परिवर्तन भईरहे पनी हामी सवै राजनितिक दलहरु, जनताहरु, राष्ट्रसेवक कर्मचारी सवै मिलेर देशलाई समृद्ध बनाउँनुको विकल्प नरहेको बताएका छन्, ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ५ मैदानमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै रायमाझीले सिंहदरवारको अधिकार गाउँगाउँमा आएको बताउँदै अव गाउँमा राम्रो स्वास्थ्य, शिक्षा, यातायात, प्रशस्त खानेपानी लगाएत गाउँलाई समृद्ध बनाउँन आवश्यक पर्ने विकास निमार्णका योजनाहरु अगाडी ल्याउँन लागीपर्ने बताउँदै स्थानिय सरकार अन्र्तगतका वडाहरुमा आवश्यक पर्ने पुर्वाधार निमार्णमा ध्यान जाने बताएका छन्, ।

अर्घाखाँची प्रतिनिधी सभाका सासंद समेत रहेका रायमाझीले केन्द्र, प्रदेश, स्थानिय तह र जनतासँग समन्वय गरेर मात्रै विकासका कामहरु अगाडी बढाउँने बताए ।  सरकार अव शुसासन, शान्ती र समृद्धीको अभियानमा अगाडी बढेको बताउँदै ठेकेदारले जिम्मा लिएका काम छिटो गनुपर्छ, अन्यथा हामी अव काम राम्रो नगर्नेलाई कार्वाही गर्छौ रायमाझीले भने ।

प्रदेश सासंद रामजीप्रसाद घिमिरेले जनताले धेरै अपेक्षा लिएका छन्, पहिला पुर्वाधार विकास सँगसँगै अन्य विकासका कामहरु पनी अगाडी बढ्दै छन्, सवै एकजुट भएर मिले मात्र जिल्लालाई समृद्ध बनाउँन सकिने बताएका छन्, । मैदानका बासीन्दा समेत रहेका घिमिरेले मैदानमा स्वास्थ्य चौकीको लागी बजेट पार्न सहयोग गर्ने छवीन्द्र बेल्वासेलाई स्मरण गर्दै जसले काम गर्छ, उसको सम्मान गनुपर्छ, जनताका आकाक्षाहरु पुरा गर्छौ उनले भने ।

पाणिनी गाउँपालिका अध्यक्ष अच्यूत गौतमले गाउँपालिकाले विकासमा फड्को मार्दै छ, समृद्ध गाउँपालिका बनाउँनका लागी सवैसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सरकारले दिएको बजेट सदुपयोग गरी विकास निमार्णका कामहरु अगाडी बढेमा जिल्ला छिट्टै विकासमा नमुना बन्ने बताए । पत्रकार महासंघ अर्घाखाँचीका प्रतिनिधी घनश्याम पौडेलले मैदानमा उद्घाटन भएको स्वास्थ्य चौकीमा औषधी अभाव नहुनका लागी गाउँपालिकाको विशेष ध्यान जानुपर्ने बताए ।

एक करोड ७६ लाखको लागतमा निमार्ण भएको स्वास्थय चौकी सालझण्डी धोरपाटन सड्कसँग जोडिएको छ । स्वास्थ्य चौकीले एक्सरे, एम्वुलेन्स, २४ घण्टे प्रसुति सेवा पनी अगाडी बढाउँने लक्ष्य लिएको स्वास्थ्य चौकी इन्चार्ज जगदिनश घिमिरेले बताए । चौकीलाई नमुना बनाउँन केन्द्र, प्रदेश र स्थानिय तहको विशेष ध्यान जान उनले अनुरोध गरे । कार्यक्रम पाणिनी ५ मैदानका वडा अध्यक्ष जीवलाल घिमिरेको अध्यक्षता, वडा सचिव राजनकुमार विष्टको स्वागत र स्वास्थ्य चौकी इन्चार्ज जगदिश घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 8 people, people standing

Image may contain: 6 people, people standing

Image may contain: 9 people, people standing and indoor

Image may contain: 4 people, including Achyut Gautam, people sitting and indoor

Image may contain: 8 people, people smiling

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.