विपन्न मुसहर समुदायलाई घर हस्तान्तरण

नवलपरासी, चैत १९ – नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको विपन्न मुसहर बस्तिमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ  । नगरपालिकाको  वडा नम्बर – ५ स्थित जितपुर डण्डा खोलामा बस्दै आएका १० घर विपन्न मुसहर समुदायलाई घर हस्तान्तरण गरिएको हो । नेपाल विद्युत प्राधिकरण भरतपुर, बर्दघाट २ सय २० केभीए प्रसारण लाइनको आर्थिक सहयोगमा आयोजना प्रभावित विपन्न समुदायलाई घर हस्तान्तरण गरिएको हो । ३० लाख रुपैयाँको लागतमा एसके निर्माण सेवाले  घर निर्माण गरी  हस्तान्तरण गरिएको निर्माण सेवाका डाइरेक्टर बिक्रम पाण्डेले बताउनुभयो। ४ महिना लगाएर  यो बस्ति तयार  गरिएको हो। बस्तिमा सामुहिक शौचालय तीनवटा र एउटा धारा पनि जडान गरिएको पाण्डेले बताउनुभयो । घर निर्माण गरेसँगै १० घर परिवारका ६० जना लाभान्वित भएका छन् । यस अघि जिर्ण अवस्थामा रहेका कच्चि घरमा बस्दै आएकोमा नया“ घर प्राप्त गर्दा स्थानीय  खुसी भएका छन् । ‘धेरै समस्या थियो, बर्खामा पानीले गर्दा बस्नै सकिँदैन थियो, नया“ घर पाएका छौँ निकै खुसी लागेको छ ’ स्थानीय बुद्ध मुसहरले भन्नुभयो ।

source:ujyaaloonline
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.