हामी भाइ–भाइ हौँ, अब युद्ध हुँदैन : दुई कोरियाली नेता

वैशाख १४ –अन्तर कोरियाली सम्मेलनका दौरान दुवै कोरियाका नेताहरुले संयुक्त वक्तव्य जारी गरेर दुई देशबीचको वैरभाव अन्त्य भएको घोषणा गरेका छन् ।

संयुक्त वक्तव्यमा ह्रस्ताक्षरपछि बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले कोरियाली प्रायद्वीपलाई आणविक हतियाररहित बनाउने तथा आजका मितिदेखि दुई कोरियाबीच युद्ध नहुने घोषणा गरे ।

आफ्नो वक्तव्यका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले दुवै देश वास्तवमा एउटै देश, एउटै रगत र एउटै संस्कृति भएकोे र शान्तिको नयाँ युगप्रति आशावद्ध भएको  बताए ।

किम र इन दुवैले पानमुनजोम घोषणा जारी गर्दै आपसी समझदारी, समृद्धि तथा शान्तिको नयाँ युगको शुभारम्भ गरेका बताए । दुवै देशका नेताले सेप्टेम्बर १५ मा छुटिएका परिवारहरुलाई भेट्न दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । केसोङ क्षेत्रमा सम्पर्क अधिकारी राख्ने तथा

आउँदाे मेमा सैन्य वार्ता हुन पनि जनाइएको छ । शान्ति सम्झौताका लागि दुवै देशबीचको हतियार सम्झौता परिवर्तन गर्ने सहमति पनि भयो ।

सन् १९५३ देखि रहेको दुई देशबीचको तीतो सम्बन्ध ६५ वर्षपछि दुवै देशका राष्ट्राध्यक्षबीच दक्षिण कोरियाली भूमिमा औपचारिक भेटघाटका बीच अन्त्य भएको छ । अन्तरराष्ट्रिय वृत्तमा यो प्रयासलाई ऐतिहासिक कदमका रुपमा  लिइएको छ । यो वार्ताले मूर्त रुप लिन सके दुवै देशका बीच सौहार्द्रता सुमधुर हुनेछ । source:ujyaaloonline

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.