नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय संरक्षक परिषद सदस्य राजु नेपाली लाई पितृ शोक

श्याम घिमिरे माघ २९ अर्घाखाँची –
नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय संरक्षक परिषद् सदस्य राजु नेपालीका बुबा पार्टीका संथापक सदस्य शोभाखर आचार्यको ९१ बर्षको उमेरमा मंगलबार निधन भएको छ । बिगत केही महिना देखि बिरामी परेर औषधी सेवन गर्दे आएका आचार्यकोे निधनले आचार्य परिवार समेत शोकमा परेको छ । यसैबिच स्वर्गीय आचार्यको आजै एक कार्यक्रमका बिच गर्लाम खोलामा सोक शभा सहित अन्त्यष्टी गरीएको छ ।

पार्टीका संघिय परीषद् सदस्य टोपबहादुर बलालले स्वर्गीय आचार्यको पार्थबिक शरीरमा पार्टीको झण्डा ओढाई अन्तीम श्रद्धाञ्जली ब्यक्त गर्नुभएको हो । श्रद्धाञ्जली कार्यक्रममा शोक मनतब्य राख्दै नेता बलालले बैकल्पीक शक्तिको अभियानमा संस्थापक आचार्यले सहयोग गर्दै आएको भन्दै एउटा अशल अभिभावक गुमाउदा पार्टीलाई अतुलनिय क्षति भएको बताउनु भयो ।
बलालले स्वर्गीय आचार्य प्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दे शोकाकुल परीबारजनप्रति गहीरो समवेदना समेत अर्पण गर्नु भएको हो । शोक सभामा पार्टीका नेताहरु पुस्कर नाथ आचार्य,मनिष सिंह,पुर्ण श्रेष्ठ,दिनेश सुनार,रमा आचार्य,पुनम आचार्य लगायतले मनतब्य राख्दै मृतक आचार्यको निधनले पार्टीलाई स्तब्ध तुल्याएको बताउनु भएको हो ।