नेकपा अर्घाखाँचीको मालारानी गाउँपालिकामा सपथ तथा प्रशिक्षण कार्यक्रम

नेकपा अर्घाखाँचीको मालारानी गाउँपालिकामा सपथ तथा प्रशिक्षण कार्यक्रम

शोभाखर पन्थी/अर्घाखाँची  फागुन २। नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले बुधबार मालारानी गाउँपालिकामा सपथ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले कम्युनिस्ट शक्तिहरु बीचको पार्टी एकताले संसारभरीका श्रमजीवी बर्ग उत्साहित भएको बताए । टुटफूट र असफलता बाट पाठ सिक्दै बिश्व कम्युनिस्ट आन्दोलनमै नयाँ सन्देश र उर्जा थप्ने महान उद्देश्यका साथ नेपालका ठूला दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकता गरिएको उनिहरुको भनाई थियो । बक्ताहरुले ठूला दुई पार्टीलाई एउटै बनाउने कुरा सामान्य नभएको भन्दै बिगतमा दुबै दलमा भएका कमजोरी हटाएर स्वच्छ छबिको पार्टी निर्माणमा जुट्न आग्रह गरे । बर्तमान सरकारले छोटो समयमा पनि धेरै जनमुखी काम गरेको भन्दै उनीहरूले देशी तथा बिदेशी शक्ति केन्द्र सरकारले सफलता बाट अत्ता लिएको बताए । तल्लो निकाय सम्म भावनात्मक रुपमै पार्टी लाई एकताबद्ध गर्नुपर्नेमा उनीहरूको जोड थियो ।

यसरी मन्तव्य राख्नेहरुमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य नजिर मियाँ ,बोम बहादुर बिक,राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वल,प्रदेश सभाका सदस्य चेतनारायण आचार्य, मालारानीका अध्यक्ष बालकृष्ण आचार्य, नेकपाका नेता ठाकुर कुमार बिक, नरेन्द्र कुमार क्षेत्री, जनार्दन खनाल, दलबहादुर भट्टराई, तोजबहादुर रायमाझी, छमकुमारी खनाल चिनारी, मानबहादुर पाण्डे,लिलबहादुर बिक, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसी लेकाली लगायतका बक्ताहरुले मन्तव्य राखेका थिए ।  नेकपा मालारानीका अध्यक्ष सालिकराम आचार्यको अध्यक्षता र सचिव सिबलाल कुवरको संचालनमा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.