प्रदेश ५ को स्थापना दिवसको अबसरमा सरसफाई कार्यक्रम ।। स्थानीय सरकारलाई हरेक साता बिदाको दिन राजमार्ग सफाई अभियानमा जुट्न मुख्यमन्त्री पोख्रेलको आग्रह

प्रदेशकाे स्थापना दिवसमा मुख्यमन्त्री सडक सफाई गर्दै

श्याम घिमिरे फागुन २ अर्घाखाँची – पाँच नम्बर प्रदेशको स्थापना दिवस अवसरमा पूर्व पश्चिम महेन्द्र राजमार्ग सफाई गरिएको छ । पूर्व नवलपरासी देखि पश्चिम बर्दिया सम्म एकै साथ राजमार्ग सफाई थालिएको हो । मुख्यमन्त्री शंकर पोखरेलले नै सरसफाई अभियानको नेतृत्व गरेका थिए । बुटवलको पाखापानीबाट कुचो बोकेर फोहोर उठाउँदै करिब एक किलोमिटर सफाई भएको हो । प्रदेश सरकारले बुटवलको चारै नाकाबाट सफाई अभियान सुरु गरेको थियो ।

Image may contain: 12 people, including Kamal Pokhrel, Oseen Sheshkanta, Netra Prasad Bhusal and Bikram Thapa, people standing and outdoor

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले सहर सफाई भईरहे पनि राजमार्ग फोहोर बन्दै गएको भन्दै सबै स्थानीय सरकारलाई हरेक साता बिदाको दिन राजमार्ग सफाई अभियानमा जुट्न आग्रह गरे । प्रदेश सरकारले पहिलो स्थापना दिवस फागुन ३ गते मनाउँदैछ । यस्तै फागुन ३ गते प्रदेश सरकारले सार्बजनिक बिदा समेत दिएको जनाएको छ ।

Image may contain: 7 people, including Thakur Kumar BK and Chham Kumari Khanal Chinari, people standing and outdoor

यसैबिच प्रदेश सरकारको पहिलो स्थापना दिवसको अबसरमा आज सदरमुकाम सन्धिखर्कको टुडिखेल बाट सुरु गरिएको बृहत् सरसफाइ कार्यक्रम बजारका गल्लिहरु हुदै बसपार्कमा पुगेर समापन भएको थियो । सरसफाईमा जनप्रतिनिधिहरु ,राजनितिक दलका प्रतिनिधि,नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी, उद्योगी,ब्यबसायी, सन्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Image may contain: 10 people, including Netra Prasad Bhusal and Bikram Thapa, people smiling, people standing and outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.