सन्धिखर्कमा गौरीशङकर बोर्डिङ स्कुलको खेलकुद सप्ताह सुरु

सन्धिखर्कमा गौरीशङकर बोर्डिङ स्कुलको खेलकुद सप्ताह सुरु

घनश्याम पौडेल
सन्धिखर्क, १ फागुन । अर्घाखाँचीको सन्धिखर्कमा खेल सप्ताह सुरु भएको छ । गौरीसंङकर बोर्डिङ स्कुलले प्रत्येक वर्ष गर्ने आन्तरिक खेलकुद सप्ताहको सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले उद्धघाटन गरे । खेलकुदको उद्धघाटन गर्दै नगरप्रमुख भुसालले अभिभावकले छोराछोरीलाई खेलकुदमा पनि प्रोप्साहन गर्नुपर्नेमा जोड दिए । पछिल्लो समयमा सदरमुकाम आसपासमा विद्यार्थीहरु कुलतमा लागेको पाईएकाले अभिभावकले विशेष ध्यान दिनका लागी आग्रह गरे ।

प्रत्येक वर्ष गर्ने खेलकुद सप्ताहमा विद्यालयका ९ सयँ जना विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका प्रिन्सपल गणेश क्षेत्रीले जानकारी दिए । कक्षागत रुपमा विद्यार्थीहरु विच प्रतिष्पर्धा सँगसँगै अभिभावकका लागि पनि दौड प्रतियोगिता राखिएको क्षेत्रीले बताए । २०६३ सालदेखि सूरु भएको सप्ताहले विद्यालयका विद्यार्थीहरुलाई खेलकुदमा सक्षमता सँगसँगै नगरपालिका स्तरिय रनिङशिल्ड, राष्ट्रपति रनिङशिल्ड, उपराष्टपति कप लगाएतका प्रतियोगितामा भाग लिनमा टेवा पुग्ने विद्यालयका शिक्षक शिव वेल्वासेले जानकारी दिए ।
खेलकुदमा प्रथम र द्धृतिय र तृतिय हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ । उद्धघाटनमा जिल्ला शिक्षा इकाइ समन्वयका प्रमुख मनिराम पराजुली, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली, अभिभावक संघका सदस्य शेषकान्त घिमिरे ओशन लगाएतले खेलकुदले विद्यार्थीलाई टेवा पुग्नेमा जोड दिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.