सन्धिखर्क ३ मा नेकपा परित्याग गरी ६७ जना काँग्रेसमा ओईरिए

सन्धिखर्क ३ मा नेकपा परित्याग गरी ६७ जना काँग्रेसमा ओईरिए

घनश्याम पौडेल
सन्धिखर्क, २ फागुन । नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले तरुणहरु एकजुट भएर लागेमा पार्टीको संगठनलाई मजवुद बनाउँन सकिने बताएका छन् ।

नेपाल तरुण दल सन्धिखर्क नगरपालिकाको आयोजनामा ३ नम्बर वडामा पार्टी प्रवेश तथा तरुण दलको संगठन विस्तार कार्यक्रममा मुस्कानले सवै तरुणहरुलाई एकजुट भएर संगठनको निम्ती राम्रो काम गर्न आग्रह गरे ।

नेकपा परित्याग पार्टी प्रवेशीहरुलाई स्वागत गर्दै उनले भने ‘कम्युनिष्टहरु केही काम गर्दैनन्, नारा मात्रै लगाउँछन, गरिव जनताको घरघरमा पुगी काँग्रेसले जनताको हितका लागी काम गर्छ, मुस्कानले भने । चुनावमा लगाएका नाराहरु भाषणमै सकिए, कम्युनिष्ट सरकार भष्ट्र बन्दै गएको छ, काम भन्दा कुरा धेरै भए, उनले भने ।

नेपाली काँग्रेसका पुर्व सभापति तथा सन्धिखर्क नगरप्रमुख कमल भुसालले सन्धिखर्क नगरपालिकाले विकास निमार्णमा फड्को मार्दै गएको बताए । उनले नगरपालिकाले ३ वडामा विकास निमार्णमा धेरै ध्यान दिएको बताउँदै चुनावमा गरिएका वाचाँहरु पुरा गर्ने बताए ।

जिल्ला उपसभापति शान्ता भण्डारी, महासमिति सदस्य देवराज श्रेष्ठ, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, नेविसंघका जिल्ला अध्यक्ष भरतमणि भट्टराई, ३ वडाका पार्टी सभापति भेषबहादुर सोमै, वडा अध्यक्ष लिलाराम गौतम, भुपु संघका केन्द्रिय सदस्य रामबहादुर परियार,सन्धिखर्क नगरकार्य पालिका सदस्य श्रृजना विक, प्रेस युनियनका केन्द्रीय पार्षद प्रेमनारायण आचार्य लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

नेकपा परित्याग गरि प्रवेश गरेका गफर मियाँले भने ‘म केही समय नेकपा माओवादीमा थिए, मेरो पुरानो घर यहीँ काँग्रेस नै हो, अब संगठन बनाउन प्रतिवद्व भएर लाग्नेछु उनले भने । मियाँ, नेभिम बहादुर बिक, कल्पना मुखिया, मदन श्रेष्ठ, राम दङ्गल, तील बहादुर राष्कोटी लगायत ६७ जना पार्टी प्रवेश गरेका छन् ।

कार्यक्रम नेपाल तरूण दल सन्धिखर्क नगरपालिकाका अध्यक्ष जम्शेर मियाँको अध्यक्षता, शोभित शाहिको सञ्चालन र नगर सदस्य अनिशा शाहि ठकुरीको स्वागतमा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.