भुमिकास्थानको धारापानीमा एकीकृत घुम्ती शिविर सम्पन्न, १२ सय सेवाग्राहीले लाभ लिए

Image may contain: 4 people
Image may contain: 1 person, sitting, table and indoor


श्याम घिमिरे फागुन ३ अर्घाखाँची-
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका अन्तरगत वडानम्वर ४ धारापानीको शान्ती माबिमा सुक्रबार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविरबाट वडानम्वर १,२,३ र ४ का करीब १२ सय भन्दा बढी सेवाग्राहीले प्रत्यक्ष रुपमा लाभ लिएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र भुमिकास्थान नगरपालिकाको समन्वयमा भएको शिविरमा २३९ जना सेबाग्राहीलाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो ।

Image may contain: 3 people, people sitting and indoor


शिबिरमा जिल्लामा रहेका बिभिन्न सरकारी कार्यालयहरुले सेबाग्राहीलाई बिभिन्न सेबा सुबिधाहरु प्रदान गरेका थिए । जस अन्तरगत कृषि ज्ञान केन्द्रले माटो परिक्षण तथा परामर्श, घरेलु तथा साना उद्योग बिकास समिति उद्योग दर्ता, नेपाल टेलीकमले सिमकार्ड वितरण, जिल्ला स्वास्थ्य कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्रले निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण, निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली , जेष्ठ नागरिक परिचयपत्र , पशु स्वास्थ्य परिक्षण तथा औषधि डिभिजन बन कार्यालयले डढेलो नियन्त्रण र पशुपंक्षी संरक्षण सम्बन्धी चेतनामुलक सन्देश प्रबाह र जिल्ला प्रशासन कार्यालयको सक्रियतामा स्थानीय बजार स्थित व्यापारिक फर्म र पसलहरूको अनुगमन लगायतका कार्य गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

Image may contain: 2 people, people sitting and indoor

घरदैलोमै सेवा लिन पाउँदा धारापानी र ढाकाबाङका स्थानीयहरु हर्षित समेत भएका थिए ।
सोही अबसरमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रम अन्तर्गत लागू औषध, मदिरा सेवन, लैङ्गिक हिंसा, जबरजस्ती करणी, सामाजिक तथा साईबर अपराध एवम् सवारी साधन दुर्घटना सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा प्रहरी नायव उपरिक्षक नवराज मल्ल लगायतले प्रशिक्षण दिनुभएको थियो ।

Image may contain: 2 people


शान्ती माबि धारापानीका अध्यक्ष झबिलाल थापाको अध्यक्षता र प्रहरी नायव उपरीक्षक नवराज मल्लको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नगरप्रमुख रेशम थापा, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने वडानम्बर ४ का वाडअध्यक्ष बाबुराम पन्थी सुनार लगायतले मनतब्य राख्नु भएको हो । धारापानीमा पहिलोपटक भएको एकिकृत घुम्ती शिविरमा स्थानीय जनताले बिभिन्न क्षेत्रमा लाभ लिएको सहायक प्रजिअ बिष्णुराज बेल्बासेले जानकारी दिनुभयो ।

Image may contain: 3 people, people sitting and food

शिविरमा देहाय बमोजिम सेवा प्रदान गरिएको हो ।
१. नागरिकता वितरण २३९ जना
२. फोटो सहितको मतदाता नामावली संकलन २५६ जना
३.निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण (अर्घाखाँची अस्पताल अयुर्वेद, स्वास्थ्य केन्द्र आँखा अस्पतालबाट) ६७० जना
४. जेष्ठ नागरिक परिचयपत्र ६५ जना
५. पशु स्वास्थ्य परिक्षण तथा औषधि वितरण २४५
६. मोवाईल सिम र रिम वितरण ५०
७. माटो परीक्षण तथा किसानलाई परामर्श ९०
८. जलवायु परिबर्तन, डढेलो नियन्त्रण तथा मानव एवं वन्यजन्तुवीचको द्वन्द न्यूनीकरणमा अन्तरक्रिया र परामर्श तथा डढेलो नियन्त्रणको लागि विभिन्न सामग्रीहरू स्थानीय प्रहरी चौकीलाई हस्तान्तरण
९. स्थानीय बजार स्थित विभिन्न २७ वटा व्यापारिक फर्म र पसलहरूको अनुगमन सम्पन्न । सो क्रममा अनियमितरूपले प्रयोग भइरहेका तौल मेशिन र म्याद गुज्रेका उपभोग्यवस्तुहरू जफत गरिएको साथै उपभोक्ता हित सम्बन्धमा उपभोक्ता तथा उद्यमी र व्यवसायीहरूको लागि सचेतना अभियान सञ्चालन गरिएको ।
१०. उद्योगरव्यापारिक फर्म दर्ता तथा नविकरण ८ वटा ।
११. लागू औषध निषेध, मदिरा नियन्त्रण, लैंगिक हिंसा, साईबर क्राईम, मानव वेचविखन लगायत विभिन्न सामाजिक अपराध तथा विकृति र विसंगति सम्बन्धमा २ वटा विद्यालयमा ९ देखि १२ कक्षाका विद्यार्थीहरूको लागि अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
१२. जनस्वास्थ्य सम्बन्धमा व्यक्तिगत परामर्श सेवा १७२
१३. सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

Image may contain: 2 people, outdoor
Image may contain: DrJagannath Tiwari, sitting and indoor
Image may contain: 2 people, people sitting and indoor
Image may contain: 2 people, including Ganesh Raj Paudel, people sitting and people standing
Image may contain: 5 people, including Jitendra Khatri, people standing, sky, crowd, tree, outdoor and nature
Image may contain: Vijay Kc, smiling, outdoor
Image may contain: 5 people, people sitting and indoor
Image may contain: 4 people, including Navraj Malla, people sitting
Image may contain: 14 people, including Premnarayan Acharya, indoor
Image may contain: 4 people, including Prem Lamichhane and Navraj Malla, indoor
Image may contain: 4 people, including Navraj Malla, people sitting
Image may contain: 4 people, including Kamal Prasad Bhusal, people sitting, child and outdoor
Image may contain: 4 people
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.