विवेक अर्यालको उपचारको लागी कतारबाट आर्थिक सहयोग

विमल चौहान फाल्गुन ४ काठमाडौ – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नंं ५ चौहानडाडा घर भइ हाल रोजगारीको सिलसिलामा कतारमा कार्यरत राम बहादुर चौहानको नेतृत्वमा अन्य साथीहरूसंग समन्वय गरि ७ हजार २५ रुपैयाँ विवेक अर्यालको उपचारको लागी कतारबाट पठाउनु भएको थियो ।

हिजो एक कार्यक्रमका बीच “विवेक बचाउ अभियानका “अभियान्ता विमल चौहान र टंक कुमार चौहानको हातबाट सो रकम विवेकका बुबा बाबुराम अर्याललाई हस्तान्तरण गरिएको छ । अर्घाखाँची जिल्लाकै मालारानी गाउँपालिका वडा नं ०३ खनदह साबडाडा निवासी बाबुराम अर्यालका ४ वर्षिय छोरा विवेक अर्याल गत तीन बर्ष देखी “लिम्फान्जियोमा” नामक घात रोगबाट ग्रसित छन ।उनको उपचारको क्रममा भारतका विभिन्न अस्पतालमा उपचार गराउदा पनि निको नभएर नेपाल ल्याईएको हो ।

उपचार गर्दा अहिलेसम्म ५५ लाख भन्दा माथी खर्च हुँदा पनि रोग निको भएको छैन ।परिवारको आर्थिक अवस्था कम्जोर भएको हुदा उपचारको लागी विभिन्न ठाँउबाट सहयोग रकम जुटाउने काम भइरहेको छ । यतिबेला काठमाडौंको शिक्षण अस्पतालमा उपचार गराइ रहनु भएको छ। गत माघ २७ गते घाटीको सफल शल्यक्रिया भएपछी अहिले उनको स्वास्थ्य स्थिति सुधार उन्मुख हुदैछ । लगत्तै अब जिब्रोको पनि शल्यक्रिया हुने बताइएको छ।

कतारबाट सहयोग रकम पठाउने राम बहादुर चौहान लगायतका साथीहरूले उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफुहरुले पठाएको उक्त रकमले उनको उपचारमा ठुलो सहयोग हुने कुरा उल्लेख गर्नु भएको काठमाडौबाट विमल चौहानले जानकारी दिनु भएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.