एकीकृत घुम्ती शिविरबाट बाह्र सय सेबाग्राही लाभान्वित

Image may contain: 2 people, people sitting and indoor


श्याम घिमिरे अर्घाखाँची, फागुन ५ –
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका–४ धारापानीको शान्ती माबिको परिसरमा सुक्रबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट बाह्रसय भन्दा बढी सेबाग्राहीहरु लाभान्वित भएका छन् । जिल्ला सदरमुकाम देखी करीब १८ किमिको दुरीमा रहेको यस क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको आयोजना र भुमिकास्थान नगरपालीकाको समन्वयमा शिबिर सम्पन्न गरीएको हो ।

Image may contain: 2 people, people sitting and indoor
Image may contain: 4 people, including Navraj Malla, people sitting
Image may contain: 4 people, including Jhabilal Thapa, people sitting


भुमिकास्थान ४ का ८७ वर्षीया मानसाराम आचार्यलाई नगरपालीका प्रमुख रेशम थापा, प्रजिअ प्रेमलाल लामीछाने, प्रहरी नायब उपरीक्षक नबराज मल्ल नगरपालीका उपप्रमुख खडानन्द बेल्बासे प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद अर्याल र वडाध्यक्ष बाबुराम पन्थी सुनारले ज्येष्ठ नागरिक परिचयपत्र उपलब्ध गराउनुभएको थियो ।

Image may contain: 4 people, people smiling, people standing
Image may contain: 5 people, people sitting and indoor


सदरमुकाम जान आउँन एक हजार खर्च लाग्ने भुनपा ६ की फुर्सी नेपालीले घुम्ती शिविरमा नागरिकता प्राप्त गरीन उनी जिल्ला प्रशासन कार्यालय सन्धिखर्क जान भ्याएकी थिईनन् नागरिकताको प्रतिलिपी पाएपछि उनले खुसी ब्यक्त गरीन ।

Image may contain: 1 person, smiling, sitting and outdoor
Image may contain: Vijay Kc, smiling, outdoor


एकिकृत घुम्तिशिबिरमा जिल्ला प्रशासन कार्यालयको टोलीले २३९ नागरिकताको प्रमाणपत्र वितरण गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले जानकारी दिनुभयो । यस्तै अर्घाखाँची अस्पताल, आयुर्वेद, स्वास्थ्य केन्द्र र आँखा अस्पतालबाट ६७० जनालाई निशुल्क स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा दिईएको हो ।

Image may contain: 3 people, people smiling, people standing and outdoor
Image may contain: 5 people, including Jitendra Khatri, people standing, sky, crowd, tree, outdoor and nature


जिल्ला निर्वाचन कार्यालयको टोलीले २५६ सेबाग्राहीको फोटो सहितको मतदाता नामावली दर्ता गराएको छ । शिविरमा नगरपालीकाले ६५ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद अर्यालले बताउनुभयो । यस्तै शिबिरमा २४५ पशुको स्वास्थ्य परिक्षण तथा औषधि वितरण , ५० जनालाई मोवाईल सिम र रिमकार्ड वितरण, ९० जना किसानलाई कृषि परामर्श र माटो परीक्षण, ८ वटा उद्योग र व्यापारिक फर्म दर्ता तथा नविकरण लगायतका सुबिधाहरु दिईएको हो ।

Image may contain: one or more people, people standing and people walking
Image may contain: 2 people, including Ganesh Raj Paudel, people sitting and people standing


सोही शिबिरमै लागू औषध निषेध, मदिरा नियन्त्रण, लैंगिक हिंसा, साईबर क्राईम, मानव वेचविखन,ट्राफीक सचेतना लगायत विभिन्न सामाजिक अपराध तथा विकृति र विसंगतिको बारेमा स्थानीय बिद्यालयका विद्यार्थीहरूलाई अनुशिक्षण तथा सहजीकरण गरीएको हो ।

No photo description available.
Image may contain: 2 people, people sitting and indoor


यस्तै जलवायु परिबर्तन, डढेलो नियन्त्रण तथा मानव एवं वन्यजन्तु वीचको द्वन्द न्यूनीकरण सम्बन्धी अन्तरक्रिया र परामर्श कार्यक्रम पनी सम्पन्न भएको हो । सोही शिबिरमा डढेलो नियन्त्रणको लागि विभिन्न सामग्रीहरू स्थानीय प्रहरी चौकीलाई हस्तान्तरण समेत गरीएको थियो । उता जिल्ला प्रशासन कार्यालयको सक्रियतामा स्थानीय बजार स्थित विभिन्न २७ वटा व्यापारिक फर्म र पसलहरूको अनुगमन समेत गरीएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले बताउनु भयो ।

Image may contain: one or more people

Image may contain: DrJagannath Tiwari, sitting and indoor
Image may contain: 1 person, sitting, table and indoor


शिविरमा धारापानी र ढाकावाङका बासिन्दाले सेवा लिएका थिए । यसअघि भुमिकास्थानकै धनचौरमा एकीकृत घुम्ती शिविर सञ्चालन भइसकेको छ । पाणीनि गाउँपालिकामा पनि छिट्टै शिविर सञ्चालन गरिने प्रजिअ लामीछानेले बताउनुभयो ।

Image may contain: 3 people, people sitting and food
Image may contain: 2 people, outdoor
Image may contain: 2 people, people sitting and indoor
Image may contain: 3 people, people sitting and indoor

नागरिकता प्राप्त गरेपछि खुशी हुँदै भुनपा ६ का फुर्सी नेपालीका यी जोडि

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.