महिलाहरुको उचित सम्मान गर्ने कार्यमा सरकार र राजनितिक दलले तद्रुपता देखाउनु पर्छ – सभापति पुडासैनि

श्याम घिमिरे फागुन ७ अर्घाखाँची-

मानब अधिकार तथा शान्ती समाजका केन्द्रीय सभापति उत्तम पुडासैनिले महिलाहरुको उचित सम्मान गर्ने कार्यमा सरकार र राजनितिक दलहरुले तद्रुपता देखाउनु पर्ने भन्दै देशमा पछील्लो समय महिला र बालवालिकाहरु सबै भन्दा बढि आतंकित बन्दै गएको बताउनु भएको छ ।

मानब अधिकार तथा शान्ती समाज अर्घाखाँची शाखाले सोमबार सदरमुकाम सन्खिर्कमा आयोजना गरेको महिला बालबालीकाको बिशेष सुरक्षाको लागी अभियान बिषयक अन्तरक्रिया कार्यक्रममा मनतब्य राख्दै पुडासैनिले यस्तो बताउनु भएको हो । देशमा पछील्लो समय भष्ट्रचारले जरो गाडी रहेको बताउदै पुडासैनिले स्थायी सरकारको कृयाकलाप राम्रो नभएकोले सरकार सही दिसातर्फ जान नसकेको आरोप लगाउनु भयो । हवाईटबडी बिमान काण्डमा मन्त्रीले ३÷३ वटा कुरामा सरकारलाई ढाँटेकोले पर्यटन मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनाल,प्रहरी नायव उपरिक्षक नवराज मल्ल, नेकपा ५ नं. प्रदेश सदस्य छमकुमारी खनाल ,नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कान, राजमोका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, काँगे्रस नेतृ संगिता घिमिरे, समाजका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य मिना ढकाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि लेकाली लगायतले मन्तव्य राख्दै मानव अधिकारको वर्तमान अवस्थाका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम शान्ति समाजका जिल्ला अध्यक्ष अशोक पौडेलको अध्यक्षता, सदस्य लक्ष्मण घिमिरेको स्वागत मन्तव्य र पत्रकार प्रेमनारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

This image has an empty alt attribute; its file name is 52135195_1295560843928675_3335656032264257536_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.