कृषि लाई व्यवसायीक गर्नुपर्छ – अध्यक्ष आचार्य


घनश्याम पौडेल
सन्धिखर्क, ८ फागुन ।
मालारानी गाउँपालिका स्तरीय ग्रामिण नमुना कृषक सञ्जालको गठन गरिएको छ । साविकका हंसपुर, मोरङ्गका ग्रामिण नमुना कृषकहरुलाई समेटी सञ्जाल गठन गरिएको हो । संकर पन्थीको अध्यक्षतामा ७ सदस्यीय समितीको गठन गरिएको छ । जसको उपाध्यक्षमा थमनबहादुर महत, सचिवमा इन्द्रमणि आचार्य, कोषाध्यक्षमा विना नेपाली र सदस्यहरुमा दुर्गावहादुर राउँत, रेशम राज विसी, सालिकराम कुवँर रहेका छन् ।


कार्यक्रममा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले कृषि लाई व्यवसायीक गर्नुपर्नेमा जोड दिए । उनले सुआहाराले लिएको लक्ष्यलाई सफल तुल्याउँन गाउँपालिका सहकार्य गरेर अगाडी वढ्ने बताए । सुआहाराले कृषकहरुका लागी विउँपल, कुखुरा वितरणले आम्दानीको माध्यम सँगसँगै आत्मनिर्भरको बाटो देखाएकोले यसको लक्ष्य पुरा गर्न सवै लाग्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत खगेन्द्रराज मरासिनी, कृषि शाखा प्रमुख ठाकुर खनाल लगाएतले हजार दिन भित्रका आमा र बच्चाको पोषणमा सुधार ल्याउँन सुआहाराले लिएको उद्धेश्य राम्रो भएको भन्दै सफल पार्न सवै लाग्नुपर्ने बताए ।


कार्यक्रम सुआहारा जिल्ला कार्यक्रमका कृषि अधिकृत आन्नद तिवारी र लेखा तथा प्रशासन अधिकृत दिवराज शर्मा र फिल्ड सुपरभाईजर चन्द्र पाण्डेले सुआहारा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । अर्घाखाँची जिल्लामा सुआहारा कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रले सहजीकरण गरेको पत्रकार घनश्याम पौडेलले जानकारी दिएका छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.