देशको विकासका लागी स्वस्थ मानिस आवश्यक: जिसस प्रमुख पिताम्बर शर्मा

देशको विकासका लागी स्वस्थ मानिस आवश्यक: जिसस प्रमुख पिताम्बर शर्मा

घनश्याम पौडेल सन्धिखर्क एफएम ११ फागुन । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसालले देश, जिल्ला र समाजको विकास गर्नका लागि स्वस्थ मानिसको आवश्यकता पर्ने बताए । रोग लागेको मानिस भए, विकास हुन सक्दैन, स्वस्थ रहन बालबालिका देखि नै आमाहरूले बालबालिकाको स्वास्थमा ध्यान दिनुपर्छ, शर्माले भने ।

सामुदायिक पोषण स्वयंसेवक तथा फिल्ड सुपरभाइजरको कार्य क्षमता अभिवृद्धि तालिम कार्यक्रमको सन्धिखर्कमा उद्वघाटन गर्दै प्रमुख शर्माले देशको विकासको मुल आधार स्वस्थ्य मानिसको आवश्यकता पर्छ, भने, स्वस्थ मानिस भएन भने, राम्रो काम गर्न सक्दैन, बालबालिका देखि नै मानिस स्वस्थ भयो, भने बल्ल समाजको विकास हुन्छ ।

सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालले स्थानिय जनतालाई क्षमता अभिवृद्धि गर्नमा सुआहाराले महत्त्वपूर्ण भुमिका खेल्ने बताए । स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण भएकाले हुर्किने बालबालिकालाई सानैबाट स्वास्थ्य विकासमा लाग्न सुआहाराले महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । बालबालिकाको पोषण सुधारमा राम्रोसँग काम गर्न आग्रह गरे । नगरपालिका र सुआहारा कार्यक्रम सहकार्य गरेर अगाडि बढेमा सुआहारा र नगरपालिकाको लक्ष्य पुरा हुने बताए ।

सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर विकले कुपोषणका समस्याहरू, जलवायु, हृदयघात, मृगौला, क्यान्सर लगाएतका रोग बढि देखिएकोले बालबालिकाबाटै स्वास्थ्यमा ध्यान दिएमा ठुला रोगको आक्रमण बन्नु नपर्ने बताए । बालबालिकाको लागि महत्त्वपूर्ण कार्यक्रम भएकाले कुपोषणमा देखिएको वृद्धि नभई घट्नेमा जोड दिए ।

स्वास्थ्य कार्यालयका प्रमुख रामप्रसाद गौतमले शिशुलाई आमाको गर्भदेखि नै पोषणको सुरूवात गरि स्वस्थ बच्चा बनाउँनमा सुआहाराको सन्देश राम्रो भएको बताए । सुनौला हजार दिनको समय महत्त्वपूर्ण रहेको उनले बताए ।

पत्रकार महासंघका उपाध्यक्ष गणेश खनालले भन्छिन आमा रेडियो कार्यक्रम मनन् भएर हजार दिनको आमा अरूले सुन्ने हो, भने साच्चै नै स्वास्थ्य सुधार हुने सकारात्मक सन्देश सुआहाराले दिएको बताए ।

कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षता, कार्यक्रम व्यवस्थापक हरि पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । १० गतेबाट सुरू भएको तालिम १७ गतेसम्म सञ्चालन हुनेछ । तालिममा सुआहारा फिल्ड सुपरभाइजर, सामुदायिक पोषण सहजकर्ता गरि ३४ जनाको सहभागीता रहेको छ । जिल्लाका ६ स्थानिय तहका ६१ वटै वडामा लागू भएको सुआहरा कार्यक्रमले कृषि, पोषण, सरसफाइमा समेत काम गर्दै आएको छ । अर्घाखाँची जिल्लामा सुआहारा कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रले सहजिकरण गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.