छत्रदेव गाँउपालिकामा सामाजिक सुरक्षा भत्ता र निशुल्क स्वास्थ्य परिक्षण सुरु

रुद्रमणी भुसाल फागुन ११,अर्घाखाँची ।
सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने नाराले अर्घाखाँची छत्रदेव गाँउपालिकामा सार्थक रुप लिएको छ । निशुल्क रुपमा स्वास्थ्य परिक्षण औषधी र हातहातमा भत्ता पाएपछि अहिले यहाँका स्थानीय जेष्ठ नागरिकहरु दङ्ग परेका छन् ।


सामाजिक सुरक्षा भत्तासंगै चेकजाँच गरि निशुल्क औषधी समेत पाएपछिस्थानीय बासिन्दाहरुसँगै जेष्ठ नागरिकहरुको खुसी भएका छन्  ।  जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई दिइने सामाजिक सुरक्षा भत्ता र निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरी गाउँपालिकाले आफ्ना ८ वटै वडामा निशुल्क स्वास्थ्य परिक्षणको ब्यवस्था मिलाएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो । 


स्थानीय तहको निर्बाचन सम्पन्न भएपछि अन्य गाँउपालिका र नगरपालिकाले भन्दा फरक तर नमुना कार्य गर्ने उदेश्यले भत्तासंगै निशुल्क स्वास्थ्य शिविरको कार्यक्रम राखिएको गाँउपालिकाका अध्यक्ष पोख्रेलले बताउनुभयो । बृद्धबृद्धाहरु बृद्ध भत्ता बुझिसकेपछि त्यो पैसा लिएर उपचारको लागि सन्धिखर्क, तम्घास र बुटबल जाने र औषधी उपचारमा खर्च गर्ने अवस्था देखेपछि यो कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ। 


युवायुवतीहरु रोजगारी तथा शिक्षाको लागि गाँउ छाडेर गएपछि अधिकांस गाँउहरु बृद्धहरुको बसाइ मात्रमा सिमित भएका छन । केहि बृद्धबृद्धा र अपांगहरुलाइ उपचारको लागि बाहिर लैजाने मानिस पनि छैनन । यो अवस्थामा स्वाश्य शिबिर र अन्य बिकास निर्माणलका कामले पनि गति लिएको छत्रदेबगाउँपालिकाका स्थानियहरुको भनाई छ । उपचार संगै निशुल्क औषधी पनि पाइने र भत्ता पनि पाइने भएपछि सबै बृद्धबृद्धाहरुमा खुसी भएको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताउनु भयो । 


आज वाड नं १,२,३,४ मा सामाजिक सुरक्षा भत्ता र निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको हो  शिबिरमा एक हजार नागरिकले स्वाश्थ्य सेवा लिएका छन् ।छत्रदेब गाउँपालिकाले भने निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम सञ्चालन गरि नमुना योग्य काम सुरु गरेको गाँउपलिकाका स्वास्थ्य संयोजक विश्वदेव न्यौपानेले बताउनुभयो । शिविर भोली वाड नं.५,६,७,८मा हुने बताएको छ । 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.