सन्धिखर्क ११ का महिलाहरुका लागि सिप तथा व्यवसायिक बाख्रा पालन तालिम सुरु

सागर महत फागुन १२ – सन्धिखर्क नगरपालिकाको आयोजनामा वार्ड नं. ११ का महिलाहरुका लागि सिप तथा व्यवसायिक बाख्रा पालन तालिम सुरु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले अबको समृद्धी भनेको कृषी क्रान्ति भएको बताउनु भयो । उहाँले नगरपालिका किसानसंग हातेमालो गरेर अघि बढेको पनि उल्लेख गर्नुभयो ।

किसानको आवश्कतालाई मध्यनजर गदै नगरापालिकाले बिभिन्न तालिम समेत सन्चालन गदै आएको जानकारी दिनु भयो । बधशालादेखी भान्सासम्म स्वच्छ र स्वस्थ मासु, उन्नत जातको घाँस खेती तथा नश्ल सुधारबाट मासु उत्पादनमा बृद्धि, आर्थिक विकास र देशको समृद्धी भन्ने मुलनाराका साथ सन्धिखर्कमा सञ्चालन भएको तालिममा नगर उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रसासकीय अधिकृत निरज पौडेल, पशुसेवा शाखा अधिकृत राधा पाण्डे, एकल महिलाकी अध्यक्ष खगेश्वरा बस्याल पत्रकार सागर महत लगायतको उपस्थीत रहेको थियो ।

तालिमले थप हौसला प्रदान गरेको भन्दै यस्ता खालका कार्यक्रम आगामी दिनमा ल्याउन सहभागीहरुले बताएका छन । कार्यक्रम महिला बालबालिका तथा समाज कल्याणकी प्रमुख बेलकुमारी परियार, को अध्यक्षता पुष्पा भुसालको संचालनमा सम्पन्न भएको हो । कार्यक्रम १३ गते सम्म हुनेछ । तालिममा सन्धिखर्क नगरपालिका वडा नं. ११ का २१ जना एकल महिलाहरुको सहभागिता रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.