सामाजिक सुरक्षा भत्ता र निशुल्क स्वास्थ्य परिक्षण छत्रदेव गाँउपालिकामा सुरु

बसन्त श्रेष्ठ ‘छापेली’ १२ फाल्गुण २०७५ –

सामाजिक सुरक्षा भत्तासंगै चेकजाँच गरि निशुल्क औषधी समेत पाएपछिस्थानीय छत्रदेब गाउँपालिकाका स्थानीय बासिन्दा निक्कै खुसी भएका छन । सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने नाराले अर्घाखाँची छत्रदेव गाँउपालिकामा सार्थक रुप लिएको छ । चौमासिक रुपमा निशुल्क स्वास्थ्य परिक्षण औषधी र हातहातमा भत्ता पाएपछि अहिले यहाँका स्थानीय जेष्ठ नागरिकहरु दङ्ग परेका छन् । बासिन्दाहरुसँगै जेष्ठ नागरिकहरुको खुसी भएका छन् ।

जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई दिइने सामाजिक सुरक्षा भत्ता र निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरी गाउँपालिकाले आफ्ना ८ वटै वडामा निशुल्क स्वास्थ्य परिक्षणको ब्यवस्था मिलाएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो । स्थानीय तहको निर्बाचन सम्पन्न भएपछि अन्य गाँउपालिका र नगरपालिकाले भन्दा फरक तर नमुना कार्य गर्ने उदेश्यले भत्तासंगै निशुल्क स्वास्थ्य शिविरको कार्यक्रम राखिएको गाँउपालिकाका अध्यक्ष पोख्रेलले बताउनुभयो । बृद्धबृद्धाहरु बृद्ध भत्ता बुझिसकेपछि त्यो पैसा लिएर उपचारको लागि सन्धिखर्क, तम्घास र बुटबल जाने र औषधी उपचारमा खर्च गर्ने अवस्था देखेपछि यो कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ ।

युवायुवतीहरु रोजगारी तथा शिक्षाको लागि गाँउ छाडेर गएपछि अधिकांस गाँउहरु बृद्धहरुको बसाइ मात्रमा सिमित भएका छन । केहि बृद्धबृद्धा र अपांगहरुलाइ उपचारको लागि बाहिर लैजाने मानिस पनि छैनन । यो अवस्थामा स्वास्थ्य शिबिर र अन्य विकास निर्माणका कामले पनि गति लिएको छत्रदेबगाउँपालिकाका स्थानीयहरुको भनाई छ । उपचार संगै निशुल्क औषधी पनि पाइने र भत्ता पनि पाइने भएपछि सबै बृद्धबृद्धाहरु खुसी भएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो ।

हिजो देखि सुरु भएको सामाजिक सुरक्षा भत्ता र निशुल्क स्वास्थ्य परिक्षण शिविर आज वडा नम्बर वाड नं. ५, ६, ७ र ८ मा भएको सम्पन्न भएको हो । हिजो वडा नम्बर १, २, ३ र ४ मा सेवा दिइएको थियो । छत्रदेब गाउँपालिकाले भने निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम सञ्चालन गरि नमुना योग्य काम सुरु गरेको गाँउपलिकाका स्वास्थ्य संयोजक विश्वदेव न्यौपानेले बताउनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.