पाणिनी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको वार्षिकोत्सव मनाइयो

अभिनब चौहान सन्धिखर्क एफएम फागुन १५ अर्घाखाँची  –
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन भएको मंगलबार अर्थात फागुन १४ गते दुई वर्ष पुरा भएको छ । सोही अवसरमा पाणिनी बहुमुखी क्याम्पसमा स्ववियुको आयोजनामा वार्षिकोत्सव मनाईएको हो । सो अवसरमा स्वबियुले आफ्नो कार्य योजना प्रस्तुत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा स्ववियु सभापति लक्ष्मण खड्काले आफ्नो नेतृत्वमा सम्पन्न गरेको काम र आगामी दिनमा गर्ने कामको बारेमा कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । त्यस्तै स्ववियु सहसचिव कुलराज बन्जाडेले स्ववियुको गतिविधिको बारेमा प्रकाश पार्नु भएको हो ।

कार्यक्रममा क्याम्पस पा्रध्यापक बुद्धिराम भुसाल ,स्ववियु कोषाध्यक्ष घनश्याम पौडेल , स्ववियु सदस्य सागर परियार र राम चन्द्र श्रेष्ठ तथा नेपाल विद्यार्थी संघ पाणिनी क्याम्पस प्रतिनिधि मेलिना सिंह ठकुरी , पत्रकार अभिनव चौहान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम घनश्याम पौडेलको स्वागत मन्तव्य र बर्जना खनालको संचालनमा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.