अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्धारा शान्ती बगैचामा ६ वटा वेन्च प्रदान

कमला पोख्रेल  फागुन  १७,सन्धिखर्क । 
अर्घाखाँची जिल्लाकै पर्यटकीय स्थलको रुपमा रहेको सन्धिखर्कको शान्ती बगैचामा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले ६ वटा वेन्च प्रदान गरेको छ । पर्यटकीय स्थलको रुपमा विकास भैरहेको शान्ती बगैचामा राखेका ६ वटा बेन्च आज एक कार्यक्रमका विच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाललाइ बिहिबार हस्तान्तरण गरिएको छ । 


कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले सन्धिखर्कमा आएका आन्तरिक तथा बाहेय पर्यटकको पहिलो आखा शान्ती बगैचामा पर्ने भएकाले यसलाइ आधुनिकीकरण र ब्यबस्थीत गर्न थालिएको बताउनु भयो । शान्ती बगैचाकोलागि अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले ६ वटा बेन्च प्रदान गरेकोमा अर्घाखाँचीमा घर  रोजगारीमा कोरिया रहेका सबै जिल्लाबासीलाइ धन्यवाद ज्ञापन गर्नु भयो । 


कार्यक्रममा  शान्ति बगैंचा निर्माण व्यवसायी समितिका अध्यक्ष नारायण प्रसाद बन्जाडे, सन्धिखर्क नगरपालिका वाड नम्वर २ का वडा अध्यक्ष मोतिजंग रायमाझी , पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य , जिल्ला सचिव सुर्य प्रसाद भुसाल , समाजसेवी आतिष किरन विक लगायतको उपस्थिति रहेको थियो ।  अर्घाखाँचीबाट रोजगारीकोलागिथ कोरियामा गएका जिल्लाबासीको संगठन अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले आर्थिक स्थिति कम भएर उपचार गर्न नसकेका दर्जनौ विरामीहरुलाइपनि सहयोग गर्दै आइरहेको अध्यक्ष सुन्दर पन्थीले बताउनु भयो ।   

अर्घाखाँची सम्पर्क मञ्चको बरिष्ठ उपाध्यक्षमा राज खनाल, उपाध्यक्षमा हेमराज पोख्रेल र विष्णु बन्जाडे, महासचिव दिपकराज बन्जाडे, सचिव दिपक खनाल, जीवन आचार्य, कोषाध्यक्षमा पुस्कर पौडेल, र सह कोषाध्यक्षमा कमल पौडेल रहेका छन भने संरक्षकमा बाबुराम आचार्य रहेका छन । 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.