Monthly Archives: March 2019

१६ बर्षपछी लालपर्जा पाँउदा स्थानिय हर्षीत

श्याम घिमिरे फागुन २३ अर्घाखाँची – पाणीनि गाउँपालीका वडानम्बर ७ अड्गुरीका स्थानीय बासिन्दाहरुले १६ वर्षपछि हातमा जग्गाधनि प्रमाण पुर्जा प्राप्त गरेका छन् । विशेष नापि कार्यालय अर्घाखाँचीले डिजिटल प्रविधीबाट तयार गरेको नक्सा बिहिबार एक कार्यक्रमको आयोजनागरी वितरण सुरु गरेको हो । सशस्त्र द्धन्द्धको समयमा २०५९ सालमा सदरमुकाम सन्धिखर्कमा आक्रमण हँुदा जलेर लालपुर्जा नष्ट भएपछि जिल्ला नै नक्सा विहीन बनेको थियो

Read more

सबै जनालाई रुवाउने गरि अभिनव चौहानले पाणीनि क्याम्पसलाई लेखे अन्तिम पत्र

अभिनव चौहानद्वारा लिखित पाणिनी बहुमुखी क्याम्पसलाई अन्तिम पत्र – मिति २०७५/११/२३ गते श्री पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्क , अर्घाखाँची म एउटा पाणिनी बहुमुखी क्याम्पसमा अध्ययन गर्दै आएको विद्यार्थी हो। आज भन्दा ४ वर्ष अघाडी यस क्याम्पसमा एउटा सुनौलो भविष्य खोज्नको लागी ठुलो सपना बोकेर आएको थिए ।विभिन्न खुट्किलाहरु पार गर्दै आउँदा आज लगभग ४ वर्ष पुरा भएको छ। यो अवस्थामा

Read more

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

फागुन २२, २०७५ काठमाडौं : बिहान अस्पताल भर्ना गरिएको भनिएका प्रधानमन्त्री केपी शर्मा ओली साँझ निवास फर्किएका छन्। प्रधानमन्त्री बुधबार बिहान त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य परिक्षणका लागि पुगेका थिए। नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका उनीलाई चिकित्सकहरूको सुझावअनुसार अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य परीक्षण रिपोर्टमा खराबी नदेखिएकाले उनलाई साँझ अस्पतालबाट विदा गरिएको

Read more

राजपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

फागुन २२, काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। राजपा नेपालको अध्यक्ष मण्डलको बुधबार साँझ बसेको आकस्मिक बैठकले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसलाप्रति आपत्ति जनाउँदै केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका संयोज महेन्द्रराय यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा दुई तिहाइको

Read more

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कानुनी साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

गोपाल भट्टराई फागुन २३ अर्घाखाँची – सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले महिलाहरु सक्षम र आत्म निर्भर बनेमा मात्रै समृद्ध समाज निर्माणको परिकल्पना साकार हुने बताउनुभएको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सन्धिखर्क नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको महिला कानुनी साक्षरता सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै उहांले यस्तो बताउनुभएको हो । महिला दिदि बहिनी सक्षम बन्नुभो

Read more
« Older Entries