अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कानुनी साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Image may contain: 3 people, including Thakur Kumar BK and Sushila Bhandari Banjade, people smiling, people sitting and indoor

गोपाल भट्टराई फागुन २३ अर्घाखाँची – सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले महिलाहरु सक्षम र आत्म निर्भर बनेमा मात्रै समृद्ध समाज निर्माणको परिकल्पना साकार हुने बताउनुभएको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सन्धिखर्क नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको महिला कानुनी साक्षरता सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै उहांले यस्तो बताउनुभएको हो ।

महिला दिदि बहिनी सक्षम बन्नुभो भने समृद्ध समाज बन्न बेर लाग्दैन नगर प्रमुख भुसालले भन्नुभयो आत्मनिर्भर बन्न महिला आफैले योजनाको खोजी गर्न सक्नुपर्दछ । आयआर्जनमा अगाडी बढ्न सकेमा महिलाहरुको क्षमतामा विकास हुन्छ उहांले थप्नुभयो त्यसो भएमा समाजपनि समृद्ध बन्दै जान्छ । सबै तवरबाट जिल्लाकै नमुना नगर बनाउने आफुहरुको योजना सुनाउंदै नगर प्रमुख भुसालले आपसी झै–झगडा,हिसां र ईश्यालाई त्यागेर उत्पादनमुलक काममा लाग्न आग्रह गर्नुभएको छ ।

Image may contain: 6 people, people sitting

महिला तथा बालबालिका शाखाकि प्रमुख वेल कुमारी परियारको अध्यक्षता र पुष्पा भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा नगर उप–प्रमुख ठाकुर कुमार वि.क.,जिल्ला सरकारी वकिल हरि प्रसाद घिमिरे र सहायक नगर प्रशासकिय अधिकृत गोविन्द के.सी.ले सहजीकरण गर्दै अन्तराष्ट्रिय अभिसन्धि र महिला शसक्तिकरण,नेपालमा महिला र बालबालिका सम्बन्धि भएका कानुनी व्यवस्था,लैङ्गिक हिंसा निवारणमा स्थानिय तह र न्यायिक समितिको भुमिका र देवानी संहिता २०७४ तथा फौजदारी संहिता २०७५ को बारेमा जानकारी गराउनुभएको छ ।

Image may contain: 5 people, people sitting

वार्ड सदस्य आसा परियार,कल्याणी सेवा नेपालकी अध्यक्ष सुसिला बन्जाडे,सह–सचिव कमला भण्डारी लगाएतको अतिथ्यता रहेको कार्यक्रममा सन्धिखर्क नगरका १२ वटै वडाका महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Image may contain: 3 people, including Thakur Kumar BK, people sitting
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.