प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

फागुन २२, २०७५ काठमाडौं : बिहान अस्पताल भर्ना गरिएको भनिएका प्रधानमन्त्री केपी शर्मा ओली साँझ निवास फर्किएका छन्। प्रधानमन्त्री बुधबार बिहान त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य परिक्षणका लागि पुगेका थिए। नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका उनीलाई चिकित्सकहरूको सुझावअनुसार अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य परीक्षण रिपोर्टमा खराबी नदेखिएकाले उनलाई साँझ अस्पतालबाट विदा गरिएको उनको उपचारमा संलग्न प्राडा. अरुण सायमीले जानकारी दिए।

यसअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको तर विशेष रेखेदेख र अपस्पतालमा भेट्न आउनेको घुइँचो लाग्ने नदिन उनलाई सिसियुमा राखिएको उनले बताएका थिए। पछिल्ला केही घटना र दौडधुपले स्वास्थ्य सिथिल बनेको भन्दै चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई अस्पतालमा भर्ना भएर आराम गर्ने सुझाएका थिए। बुधबार बेलुका प्राडा. सायमीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीको मैगौला, मुटु लगायतको परीक्षण गरिएको र त्यसको नतिजा आएपछि अवस्था हेरेर प्रधानमन्त्रीलाई  अस्पतालमा राख्ने नराख्ने निक्योल गरिने बताएका थिए।

पछिल्ला दिनमा प्रधानमन्त्रीले दौडधुप धेरै गर्नुका साथै पर्यटन मन्त्री रवीन्द्र अधिकारीको दुर्घटना र पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहनको निधनले उनी तनावमा रहेको अनुमान गरिएको थियो। यसअघि पनि प्रधानमन्त्री ओलीले उक्त संस्थानमा उपचार गराएका थिए। गत कात्तिकमा उनको स्वास्थमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। त्यसबेला पाँच दिनको उपचारपछि उनलाई डिस्चार्ज गरिएको थियो।
source:thahakhabar.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.