सबै जनालाई रुवाउने गरि अभिनव चौहानले पाणीनि क्याम्पसलाई लेखे अन्तिम पत्र

अभिनव चौहानद्वारा लिखित पाणिनी बहुमुखी क्याम्पसलाई अन्तिम पत्र –

मिति २०७५/११/२३ गते श्री पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्क , अर्घाखाँची म एउटा पाणिनी बहुमुखी क्याम्पसमा अध्ययन गर्दै आएको विद्यार्थी हो। आज भन्दा ४ वर्ष अघाडी यस क्याम्पसमा एउटा सुनौलो भविष्य खोज्नको लागी ठुलो सपना बोकेर आएको थिए ।विभिन्न खुट्किलाहरु पार गर्दै आउँदा आज लगभग ४ वर्ष पुरा भएको छ।

यो अवस्थामा आइपुग्ने समय सम्म जिन्दगीमा धेरै पाठ सिक्ने मौका पाएको छु। क्याम्पसले मलाई सर्टिफिकेट मात्र नदिएर जिन्दगीमा आवश्यक पर्ने धेरै ब्यवहारिक ज्ञान दिएको छ।जुन अवसरलाई मैले गौरवको रूपमा लिएको छु। क्याम्पसमा आउने बेलाको समय र अहिलेको समयलाई तुलना गर्दा मैले आफुमा धेरै अन्तर भेटाउन्छु।

अभिभावकको जस्तो शिक्षकको माया दाजुभाइ र दिदिबहिनीको जस्तो साथीहरूको माया यसमा धेरै आत्मीयता भेटाएको छु।मनको माया यसरी अल्झिएको छ कि क्याम्पस आउने बाटोको माया क्याम्पस आउदा तर्ने त्यो बागी खोलाको माया।क्याम्पस आउँदा देखिने गेटको माया , समग्र क्याम्पसकै माया , शिक्षकको माया , आफुसंग बेञ्चमा बस्ने साथीको माया , आफु भन्दा तल्लो बेञ्चमा बस्ने साथीको माया अरु क्लासमा पढ्ने साथीको माया , क्याम्पस पढ्दापढ्दै बिचैमा क्याम्पस छाडेका साथिको माया।

माया त्यो हो एउटा विद्यार्थीले सरलाई गर्छ ।माया त्यो हो एउटा सरले आफ्ना विद्यार्थीलाई गर्छ ।माया त्यो हो आफ्नो क्याम्पस पढ्ने साथीलाई एउटा विद्यार्थीले गर्छ ।समग्रमा कुरा गर्दा यस क्याम्पसमा मैले आफ्नो परिवारको जस्तो माया पाएको छु।

आज त्यहीँ मायालाई समयले टाढा गराउदै छ।आफुले चाहेर क्याम्पसमा आएको थियो तर आज आफुले नचाहादा नचाहादै पनि क्याम्पसबाट टाढा हुदैछु। क्याम्पसले मलाई भुल्ने छ सरहरुले मलाई भुल्नु हुने छ। संगै बेञ्चमा बस्ने साथीले मलाई भुल्ने छन।ठुलो सपना बोकेर भर्खरै क्याम्पस आएका भाइबहिनीले मलाई भुल्ने छन।

तर मैले यो मनमा सबैको माया सधैंभरी जिवित राख्ने कोसिस गर्नेछु ।सबैलाई सम्झिरहने छु जिन्दगीको कुनै मोडमा भेट भयो भने मैले बोलाउने छु र सोध्ने छु सबैको खबर ।हाल खबर सोध्दा सधैं राम्रो सुन्न पाउ यति भए पछी मलाई औधी खुसी मिल्नेछ ।लेख्ने क्रममा धेरै कुरा छुटाएको पनि हुन सक्छु त्यसको लागी माफी चाहान्छु। भन्दै मेरो यस क्याम्पसलाई लेखेको अन्तिम पत्र यहीँ टुङ्गाउन्छु । क्याम्पसलाई सधैंभरी माया गरि रहने विद्यार्थी अभिनव चौहान।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.