१६ बर्षपछी लालपर्जा पाँउदा स्थानिय हर्षीत

      

श्याम घिमिरे फागुन २३ अर्घाखाँची –
पाणीनि गाउँपालीका वडानम्बर ७ अड्गुरीका स्थानीय बासिन्दाहरुले १६ वर्षपछि हातमा जग्गाधनि प्रमाण पुर्जा प्राप्त गरेका छन् । विशेष नापि कार्यालय अर्घाखाँचीले डिजिटल प्रविधीबाट तयार गरेको नक्सा बिहिबार एक कार्यक्रमको आयोजनागरी वितरण सुरु गरेको हो । सशस्त्र द्धन्द्धको समयमा २०५९ सालमा सदरमुकाम सन्धिखर्कमा आक्रमण हँुदा जलेर लालपुर्जा नष्ट भएपछि जिल्ला नै नक्सा विहीन बनेको थियो । देश शान्ति प्रकृयामा गईसकेपछि विशेष नापी कार्यालयको टोलीले पुनः नापी गरी जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न सुरु गरेको बिशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिमबहादुर रानाले बताउनु भयो ।


पुर्जा बितरण कार्यक्रममा मनतब्य राख्दै नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री एवं संघिय सांसद टोपबहादुर रायमाझीले कृषि र पर्यटन क्षेत्रको बिकासकालागी लालपुर्जाको उपयोग गर्नुपर्ने भन्दै समृद्ध र सुखी अर्घाखाँची बनाउने अभियान शुरु भईसकेकोले बिकास निर्माणले जिल्लामा तिब्र गति लिएको बताउनु भयो । रायमाझीले राजनितिक क्रान्तिको युग सकिएको बताउदै अबको ध्यान आर्थिक समृद्धिमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

रायमाझीले आफ्नै नेतृत्वमा जलाएका नक्सा फेरि आफैले बाँड्न पाउँदा खुशी लागेको समेत उल्लेख गर्नुभयो । बिनास बिना बिकास सम्भब नहुने तर्क गर्दे पुर्बउपप्रधानमन्त्री समेत रहेका रायमाझीले जिल्लाको बिकास निर्माणको लागी सबै एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।


कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले जिल्लामा नक्सा नहुदाँ स्थानीयले ठुलो सास्ती खेप्नु परेको बताउदै यो अभियानबाट ठुलो राहत मिलेको बताउनु भयो । यसरी मन्तव्य राख्नेहरुमा प्रदेश सांसद रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समितिका उपप्रमुख रीषीबहादुर पुलामी, पाणीनि गाँउपालीका अध्यक्ष अच्यूत गौतम,उपाध्यक्ष लक्ष्मी गौतम, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने,नेकपा पाणीनि अध्यक्ष कमलप्रसाद घिमिरे, नेपाली काँग्रेस जिल्ला सदस्य अशोक कुमार श्रेष्ठ, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल , राप्रपा प्रतिनिधि समसोधिन मिया, नयाँशक्ति पार्टी नेपालका कार्यालय सचिब पुष्करनाथ आचार्य, परीबार दलका जिल्ला अध्यक्ष डिल्लीराज भुसाल,बिबेकशिल साझा पार्टीका अभियान्ता पबन बन्जाडे, वडानम्बर ७ का वार्डअध्यक्ष गुनाखर अधिकारी, प्रहरी नाउब उपरीक्षक नबराज मल्ल,स्थानिय बुद्धिजिबि टेकराज न्यौपाने नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लागयतले मन्तव्य राख्नु भएको थियो ।


कार्यक्रम बिशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिमबहादुर रानाको अध्यक्षता, लक्ष्मी शाहकोे स्वागत मनतब्य र कार्यालयका कबिसिंह कठायतको सन्चालनमा सम्पन्न भएको हो । वडाका कुल ११७० थान लालपुर्जा मध्य प्रमुख अतिथि रायमाझीले केही थान प्रमाण पुर्जाहरु स्थानीय जग्गाधनिहरुलाई हस्तान्तरण गर्नु भएको थियो । १६ बर्षपछी पुर्जा प्राप्त गरेपछी ९१ बर्षीय हिमबहादुर सोमै, ७५ बर्षीय मान कुमारी महत्रा लगायत स्थानियहरु हर्षीत समेत भएका थिए ।

This image has an empty alt attribute; its file name is 53503867_777141366004267_2338996879678767104_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.