त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाको दुईदिने सहकारी शिक्षा तालिम सन्धिखर्कमा सुरु



श्याम घिमिरे फागुन २४ सन्धिखर्क –
त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमटेड सन्धिखर्क २ चुत्राबेसीले सहकारीका शेयर सदस्यहरुलाई दुई दिवसीय सहकारी शिक्षा तालिम आजबाट सन्धिखर्कमा संचालन गरेको छ । सहकारीले अवलम्वन गर्ने सात सिद्धान्तहरू मध्ये शिक्षा,तालिम र सूचना सम्बन्धि सिद्धान्तलाई आत्मसाथ गर्दे सहकारीले तालीमको आयोजना गरेको संस्थाका कार्यकारी प्रमुख तुल्सी खनालले जानकारी दिनुभयो ।

Image may contain: 1 person, indoor

सहकारीका सदस्यहरूलाई दुई समुहमा विभाजन गरि फागुन २४ र २५ गते दुई दिन तालिम सन्चालन गरीने संस्थाले जनाएको छ । सहकारीका शेयर सदस्यहरूको उल्लेखनीय सहभागीता रहेको कार्यक्रममा सहकारीको परिचय, ईतिहास, महत्व, आवश्यकता, आर्थिक अवस्था, तालिम, भ्रमण, गुनासो, नीति नियम, सुझाव संकलन लगायतका बिषयबस्तुलाई समेटिएर तालिम संचालन गरीएको संस्थाका शिब बेल्बासेले बताउनु भयो ।

Image may contain: 2 people

संस्थाका अध्यक्ष चन्द्रप्रसाद वन्जाडेको अध्यक्षता, कमल प्रसाद घिमिरेको स्वागत मन्तव्य र नारायण प्रसाद भुसालको संचालनमा सुरूभएको तालीमको संस्थाका सदस्यहरु चोपनारायण बन्जाडे, उत्तममणि मिश्र, कमल प्रसाद घिमिरे, नारायण प्रसाद भुसाल, तुल्सीराम खनाल लगायतले सहजिकरण गर्नुभएको छ ।

Image may contain: 3 people, people sitting and people standing

जिल्लामा अब्बल सहकारीको रूपमा परिचित यस संस्थाले समयानुकुल स्वास्थ्य, सरसफाई,प्राकृतिक प्रकोप, आर्थिक सहायता, अशक्त व्यक्तिलाई आर्थिक तथा लत्ताकपडा सहयोग, वालमैत्रि शैक्षिक कार्यक्रम लगायत विभिन्न चेतनामुलक एवं रचनात्मक कार्यहरू गर्दे आइरहेको छ । संस्थामा हाल ७१० जना शेयर सदस्यहरु रहेका छन ।

Image may contain: 2 people, outdoor
Image may contain: 1 person, sitting and indoor
Image may contain: 1 person
Image may contain: 2 people
Image may contain: 3 people, indoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.