राजनितिमा परिवर्तन,संस्कार संस्कृति उस्तै

Image may contain: 7 people, people smiling, people standing and outdoor


सोभाखर पन्थी अर्घाखाँची -फाल्गुण २४
मुलुकमा राजनितिक परिवर्तन भएपनि सामाजिक संस्कार संस्कृतिमा कुनै अन्तर नआएको भन्दै एक कार्यक्रमका बक्ताहरुले समाज रुपान्तरणको निम्ति महिला मुक्ति आबश्यक रहेको बताए । अन्र्तराष्ट्रिय महिला श्रमिक दिबसको अबसरमा उनीहरुले नेपाली जनताको त्याग तपस्या बाट निर्मित सविधानको कार्यान्वयनको पक्षमा समेत जोड दिए । संविधानमा महिला अधिकार र महिला मुक्तिका धेरै कुराहरु उल्लेख भएपनि व्यबहारमा त्यसको कार्यान्वयन नभएको उनीहरुको गुनासो थियो । पुरुपबादी सोंच र चिन्तन हाबी रहेसम्म समुन्त समाज निर्माण हुन नसक्ने उनीहरुको भनाई थियो ।

Image may contain: 7 people, people smiling, people standing and outdoor


कार्यक्रममा मन्तव्य राख्दै प्रदेशसभा सदस्य जाल्पा भुसालले राज्यका हरेक तहमा महिलाहरुको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । राजनैतिक परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्ने महिलाहरु अहिले पनि बास्तविक रुपमा अधिकार पाउनबाट बन्चित रहेको उहाँको भनाई थियो । सांसद भुसालले पितृसत्तात्मक सोंच र प्रबृतिको अन्त्य गरी लैडिङ्ग विभेद हटाउनुपर्नेमा जोेड दिनुभयो ।

Image may contain: 11 people, including Sushila Bhandari Banjade, people standing and outdoor


जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले महिला र पुरुष एउटै सिक्काका दुई पाटा भएको बताउँदै राष्ट्र निर्माणमा एकताबद्ध भएर अँगाडि बढ्नुको कुनै विकल्प नरहेको बताउनुभयो । 
सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसालले लैङ्गिक विभेदको अन्त्य गरी समाजिक न्याय स्थापित गर्नका निम्ति आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार वि.क. किशोरले महिला अधिकार केबल कागजमा मात्र लेखेर नहुने बताउँदै त्यसको सहि कार्यान्वयनको निम्ति सबै पक्ष चनाखो हुनुपर्नेमा जोड दिनुभयो । 

Image may contain: 10 people, including Kamala Pariyar, Sushila Bhandari Banjade and Pabu Bhattarai, people smiling, people standing


सन्धिखर्क नगर कार्यपालिका सदस्य यमकला थापाको अध्यक्षता र नेपाल महिला ‘संघका सचिब संगिता बेल्बासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा निमिक्त प्रमुख जिल्ला अधिकारी विक्रम थापा , नेकपाका नेता जनार्दन खनाल ,नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान ,राष्ट्रिय जनमोर्चाका नेता पशुपति ढकाल, महिला नेतृ छमकुमारी खनाल चिनारी , शान्ता भण्डारी ,बिजुला रायमाझी , विष्णु आचार्य , कमला भुसाल भण्डारी, गिता भुसाल लगायतले मन्तव्य राख्दै महिला हक,हित र अधिकारको पक्षमा जोड दिनुभएको थियो । 


कार्यक्रममा एकल महिला सञ्जालका जिल्ला अध्यक्ष खगिश्वरा बस्याल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल लगायतका बक्ताहरुले समेत मन्तब्य राख्नुभएको थियो ।


यसअघि सन्धिखर्क स्थित शान्तिबगैचा बाट निस्कीएको महिलाहरुको विशाल जुलुसले सन्धिखर्क र चुत्राबेसी बजार परक्रिमा गरेको थियो । यसैबीच अन्र्तराष्ट्रिय महिला श्रमिक दिबसको अबसर पारी आजै लोकगीत , घैटोफोर लगायतका कार्यक्रमहरु समेत सम्पन्न गरिएका छन् ।

Image may contain: 6 people, people standing, sky and outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.