काँग्रेसका बरिष्ठ नेता पौडेल र युवा नेता थापा आज अर्घाखाँची आउदै

अर्घाखाँचीमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र गगन थापा

सन्धिखर्क एफएम अर्घाखाँची फागुन २८ –
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगन कुमार थापा दुई दिने कार्यक्रमको लागि आज अर्घाखाँची आउदै हुनुहुन्छ । आज अर्घाखाँची आउन थाल्नु भएका बरिष्ठ नेता पौडेल र युवा नेता थापाले आज दिउँसो सितगंगाको ठाडामा सञ्चालित महायज्ञलाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
दिउँसो ३ बजे नरपानीमा विपि स्मृति पार्कको शिलान्यास गर्ने र त्यसपछी सन्धिखर्कमा साँझ ५ बजे पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो ।
भोली २९ गते विहान विपि स्मृति भवन सन्धिखर्कमा कार्यकर्ता भेटघाट र दिउँसो छत्रदेव गाँउपालिकामा रहेको राशिप स्मृति प्रतिष्ठानको समुद्घाटन कार्यक्रमलाई नेता पौडेल र थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली काँग्रेसका नेताहरु छत्रदेव ४, केरूङ्गा आउने भएपछि प्रचारप्रसार लाई तिब्र पारिएको नेपाली कांग्रेसका युवा नेता लेखनाथ पोख्रेलले जानकारी दिनु भयो । । १० औ हजारौं जनताको सहभागीतामा नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसका जिल्ला सचिव विष्णु भुसालले जानकारी दिनु भयो । सभालाइ नेपाली कांग्रेसका नेताहरु पुष्पा भुसाल, मानबहादुर विक, रेवती प्रसाद भुसाल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको काँग्रेसले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.