देशको कुनै भूभागको विषयमा हुने जनमतसंग्रह काँग्रेसलाई स्वीकार छैन –बरीष्ठ नेता पौडेल

रेल र पानीजहाज नेपालमा माछा र भ्यागुता हिडेजस्तो : काँग्रेस नेता रामचन्द्र पौडेल


श्याम घिमिरे अर्घाखाँची फागुन २९ –

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको कुनै भूभागको विषयमा हुने जनमत संग्रहलाई काँग्रेसले कुनै पनि हालतमा स्वीकार नगर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन अर्घाखाँचीले मंगलबार साँझ सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले पृथककतवादी विचारलाई सरकारले नै मान्यता दिदै राष्ट्रियतामाथि प्रहार गरेको आरोप लगाउनु भयो ।


अखण्ड नेपालका विरुद्ध कुनै प्रयास मात्रै भए त्यसको काँग्रेसले शसक्त प्रतिरोध गर्ने बताउदै बरिष्ठ नेता पौडेलले सिके राउत संग भएको सम्झौताको ढाँचा एउटा र प्रधानमन्त्रीको सम्बोधन ढाँचा अर्के भएकोले सम्झौताप्रति आशंका बढेको भन्दै सम्झौताको विषयलाई संसदमा स्पष्ट पार्नुपर्ने बताउनु भयो ।


प्रधानमन्त्री ओलीले राष्ट्रवादको आवरणमा राष्ट्रघात गरिरहेकोले राष्ट्रवाद शब्दको दुरुपयोग गरेको आरोप समेत लगाउनु भयो । पौडेलले रातो झण्डा ओढे सबै खत माफी हुने बताउदै कम्युनिष्ठको सरकारले दण्डहिनतालाई प्रश्रय दिइरहेको आरोप लगाउनु भयो ।


कम्युनिष्ट सरकारका कारण एक वर्षको समय त्यसै बितेको बताउदै पौडेलले एक वर्षमा मुलुकलाई समृद्ध बनाउने उत्तम समय भएपनी सरकारले त्यो समयको दुरुपयोग गरेको बताउनु भयो । जनताका आधारभुत आवश्यकता नै पुरा नगरी रेलमार्ग, पानीजहाज तिर सरकार अगाडी लाग्नुमा जनताका प्राथमिकता नबुझी हुनै नसक्ने कामको पछाडी लागेको आरोप लगाउदै पानीजहाज र रेल बर्षामा माछा र भ्यागुता हिडेजस्तो भएको व्यङग्य गर्नु भयो । ओली सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा विकासले तिब्रता लिएको भनेपनी नेपालमा विकासको जग नेपाली कांग्रेसकै पालामा भएको दाबी गर्नुभयो ।


प्रेस युनियनका जिल्ला अध्यक्ष बिरेन्द्र केसीको अध्यक्षता उपाध्यक्ष सरीता भुसालको स्वागत मनतब्य र बिक्रम पाण्डेको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरुको उपस्थीति रहेको थियो । यसअघि मंगलबार नै नेता पौडेलले नरपानीमा बिपि स्मृति पार्कको शिलान्यास समेत गर्नु भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.