नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ अर्घाखाँचीको बैठक सम्पन्न

श्याम घिमिरे चैत्र २ अर्घाखाँची – नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, जिल्ला शाखा अर्घाखाँचीको विशेष बैठक सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकमा आगामी शैक्षिक सत्र २०७६ को लागि अर्घाखाँचीका सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयहरुका सम्पूर्ण पाठ्यपुस्तकहरु संघ द्वारा संचालीत सन्धिखर्कको डिपोमा भित्रिसकेको र पाठ्यपुस्तकहरुलाई व्यवस्थित र प्रभावकारी ढंङ्गवाट कसरी वितरण गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको संघका जिल्ला कोषाध्यक्ष लेखनाथ भण्डारीले जानकारी दिनु भयो ।

बैठकले सम्पूर्ण व्यवसायीहरुले आ–आफ्नो पायक पर्ने र सम्पर्कमा रहेका विद्यालयहरुलाई पाठ्यपुस्तक वितरण कार्य सचारु भएको जानाकारी गराउने र यहि चैत्र १० गते भित्र सम्पूर्ण विद्यालयले आफ्नो विद्यालयलाई आवश्यक पर्ने पाठ्यपुस्तकको सुची नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघको कार्यालयमा उपलव्ध गराउनको लागि सम्पूर्ण व्यवसायी लागीपर्ने निर्णय समेत गरेको छ ।

त्यसै बैठकले पाठ्यपुस्तक व्यवस्थित रुपमा वितरणको लागि संघका सदस्य विनोद गैरेलाई सम्पूर्ण जिम्मा दिईएको हुँदा गैरेको मोवाईल नं. ९८५७०६१०८१मा सम्पर्क गर्नुहुन समेत सम्पूर्णलाई अनुरोध समेत गरेको छ । वैठक संघका जिल्ला अध्यक्ष नेत्र प्रसाद भुसालको अध्यक्षता र सचिव प्रदिप भण्डारीको संचालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.