पाणीनिको दुर्गाफाटमा एकिकृत घुम्ती शिविर सम्पन्न, हजारौ सेवाग्राहीहरु लाभान्वीत ।

घनश्याम पौडेल सन्धिखर्क एफएम अर्घाखाँची, ३ चैत – शनिबारको दिन जिल्लाका सवै सरकारी कार्यालय बन्द । शनिबार सरकारी कुनै कामहुदैँनन् र कुनै पनि सेवाग्राहीले सेवा लिन पाउँदैँनन् । तर अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका सेवाग्राहीले शनिबार सेवा लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र पाणिनी गाउँपालिका अन्र्तगत मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गतको संयोजनमा दुर्वावेश्वर माविमा दुर्गाफाटमा भएको घुम्ती शिविरमा गाउँपालिकाका ३१०० सेवाग्राहीले लाभ लिएको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए । नेपालमा धेरै निर्वाचन भए, धेरै प्रतिनिधी चुनिए । तर अहिलेसम्म नेपाली नागरिकता र मतदान नगरेका तुल्सीराम सुर्यवंशीले ६९ वर्षको उमेरमा पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र लिए ।

हरिहर संस्कृत तथा साधारण मावि पोखराथोकमा कक्षा १२ मा अध्ययन गर्ने रिता बेल्बासेले पनि १७ वर्षको उमेरमा नागरिकता बनाईन । उनलाई नागरिकता बनाउँन सदरमुकाम सन्धिखर्क जान फुर्सद भएको थिएन्, शनिबारको दिनबिदा, उनले नागरिकता बनाउँन पाउँदा खुसी भईन । उनीहरु जस्तै उमेरले पाका भएका देखी युवा युवतीहरु दिनभर लाईनमा लागेर करिब २८३ जनाले नागरिकतालिएको सहायक प्रजिअ विक्रम थापाले बताए । ५०५जनाको स्वास्थ्य परिक्षण, ७५१ जनाले आखाँ चेकजाचँ गरेका छन् ।

चुलोचौकोमै जिवन विताएका महिलाहरु अहिले सम्म उपचार गर्न नपाएर बन्चीत थिए, विशेष गरी उनीहरुले घर नजिकै सेवा पाउँदा निकै हर्षित देखिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले जानकारी दिईन ।

पाणिनी गाउँपालिकाले वितरण गर्ने ज्येष्ठ नागरिक प्रमाणपत्र लिन वृद्धवृद्धाहरुको दिनभर भिड्भाड थियो । गाउँपालिका भित्रका ५०३ जनाले ज्येष्ठ नागरिक प्रमाणपत्र लिएको प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थीले जानकारी दिए ।

कृषि ज्ञान केन्द्रले माटो परिक्षण, घरेलुले उद्योग दर्ता, टेलीकमले सिमकार्ड वितरण, जिल्ला स्वास्थ्य कार्यालय र आयुर्वेद कार्यालयले निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण, निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउँने, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रम अन्तर्गत लागू औषध, मदिरा सेवन, लैङ्गिक हिंसा, जबरजस्ती करणी, सामाजिक तथा साईबर अपराध एवम् सवारी दुर्घटना सम्बन्धि सचेतना मुलक कार्यक्रम पनि दुर्गाफाटमा सम्पन्न भएको छ ।

त्यस्तै पोखराथोकमा निमार्ण हुनलागेको हेलीप्याडको पनि अनुगमन भएको छ । शिविरमा सहभागी पणेनाका सुरेन्द्रराज पोख्रेलले कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिए । उद्योग वाणिज्य संघका अध्यक्ष भोजराज घिमिरे शंकरले उद्योगीहरुलाई व्यवसाय दर्ता गर्नमा सहज भएको प्रतिक्रिया दिए ।

(फोटो फिचर)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.