३५ दिनभित्र अवैध हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आग्रह


श्याम घिमिरे चैत्र ४ अर्घाखाँची –
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अवैध हातहतियार तथा खरखजना ३५ दिनभित्र नजिकैको प्रहरि चौकी, जिल्ला प्रहरि कार्यालय र नेपाली सेनाको ब्यारेकमा बुझाउन आग्रह गरेको छ । कानुन बमोजिम दिनुपर्ने इजाजत नलिई वा इजाजत नविकरण नगराई वा इजाजत प्राप्त व्यतिmको मृत्यु पश्चात हकवालाको नाममा नामसारि नगराई जुनसुकै तरिकाले नेपाल राज्य भित्र कोहि कसैले हातहरियार र खरखजाना राखेको भए सूचना प्रकाशित भएको ३५ दिन भित्र बुझाउन सूचना जारी गरिएको छ ।

गृहमन्त्रालयले चैत्र १ गते प्रकाशित गरेको सूचना अनुसार अर्घाखाँचीमा हातहतियार र खरखजाना वुझाउन आग्रह गरेको हो । समयमै हातहतियार बुझाएमा कुनै कानुनी कारबाही नहुने र तोकिएको अवधिमा नबुझाए त्यस्ता व्यक्ति उपर प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । नेत्रविक्रम चन्द विप्लव समूहका हिंसात्मक गतिविधी बढेको र सुरक्षा चुनौति देखिएपछी अवैध हातहतियार ३५ दिन भित्र बुझाउन प्रशासनले आग्रह गरेको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.