होली पर्बको अबसरमा अर्घाखाँची युबा परीषदको आयोजनामा होली बिशेष कार्यक्रम सम्पन्न

Image may contain: 10 people, including Shyam Ghimire, people smiling, crowd and outdoor

श्याम घिमिरे चैत्र ७ अर्घाखाँची –

फागुन शुक्ल पूर्णिमाको दिन मनाइने फागु अर्थात होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमन संगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व बुधबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउईएको छ । यसैबिच अर्घाखाँचीमा पनी होली पर्व हर्षोल्लासका साथ मनाईएको छ । जिल्लाको सदरमुकाम सन्धिखर्कमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली दिनभर होली खेल्ने युवायुवतीहरुको बजार तथा चोकचोकमा नाचगान सहीत बाक्लो चहलपहल रहेको थियो ।

Image may contain: 3 people, including Shyam Ghimire, people smiling, crowd and outdoor

सोही अबसरमा अर्घाखाँची युवा परिषद् चुत्राबेसीले सन्धिखर्कमा होलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । प्रत्येक वर्ष होलीको अवसरमा अर्घाखाँची युवा परिषद्ले कार्यक्रम गर्दे आएको परिषदका महासचिव प्रकाश भुसालले जानकारी दिनुभयो । यो क्रमलाई निरन्तरता दिईने परीषदका अध्यक्ष काजी श्रेष्ठले बताउनु भयो ।

चुत्राबेसीको पुरानो बसपार्कबाट बावाघाजा सहीत सयौं युबायुबतीहरु सन्धिखर्कका बिभिन्न गल्लीहरुमा एक आपसमा रमाउदै बजार परीक्रमा गरेका थिए । अर्घाखाँचीमा शान्त वातावरणमा होली खेलिएको प्रहरीले जनाएको छ । जिल्लामा कुनै अनैतिक तथा अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब निरिक्षक गम्भिरजंग थापाले जानकारी दिनुभयो ।

Image may contain: 1 person, standing, crowd and outdoor
Image may contain: 9 people, including Tulsi Ram Bhusal, Rudra Shrestha, Prakash Bhusal, Pralhad Neupane, Paudel Krishna and Shyam Ghimire, people smiling, people standing and outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.