अर्घाखाँचीमा चार नाल हतियार बरामद

  

श्याम घिमिरे चैत्र ८ अर्घाखाँची –

अर्घाखाँची जिल्लामा प्रहरीले सर्च अभियानलाई अगाडी बढाएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची ,ईलाका प्रहरी कार्यालय खन र शसस्त्र प्रहरी बल अर्घाखाँचीको टोलीले मालारानी गाउँपालीका वडानम्बर ३ र ५ को सिमा क्षेत्र गँहेली गितापोखरी भिरपाखामा सुक्रबार सर्च गर्दा २ वटा भरुवा बन्दुक र दुई वटा टुटु म्याग्नम गरी ४ नाल हतियार भेटिएकोे जनाएको छ ।

प्रहरीले जिल्लाका संकास्पद क्षेत्रमा सर्च अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख नबराज मल्लले जानकारी दिनुभयो । मल्लले सर्च अभिनयानलाई निरन्तरता दिने समेत बताउनु भयो । केही दिन अघि मात्रै सोही क्षेत्रमा दुईवटा सकेट बम भेटीएको थियो,उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजर टोलीले डिस्पोज गरेको हो ।

यसैबिच जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अवैध हातहतियार तथा खरखजना ३५ दिनभित्र नजिकैको प्रहरि चौकी, जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको ब्यारेकमा बुझाउन यस अघिनै सुचना जारी गरेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.