फरक क्षमता भएका भुसाल व्यावसायी बन्दै

Image may contain: 1 person, smiling, standing

श्याम घिमिरे चैत्र ९, अर्घाखाँची –
सन्धिखर्क नगरपालीका– २ चुत्रावेसीमा संचालित साथी सहकारी संस्था लिमिटेडले फरक क्षमताका भएका आफ्नै संस्थाका सदस्य २६ बर्षीय कृष्ण प्रसाद भुसाल (केपी ) लाई युवा तथा साना स्वरोजगार व्यावसायी कोष अन्तर्गतको सहुलियत कर्जामा रु १ लाख ५० हजार रुपैंया ४ प्रतिशत ब्याजदरमा ऋण सहयोग गरेको छ । सहयोग रकमले भुसालले सन्धिखर्क २ चुत्राबेसी संकेटारी जाने रोडमा स्टेसनरी पसलको सुरु गरेका छन ।

Image may contain: 2 people, including Shyam Ghimire, people smiling, people sitting, people standing and indoor

पसलको सुक्रबार एक कार्यक्रमका बिच सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख भुसालले बेरोजगार युवालाई रोजगारी कसरी दिन सकिन्छ, भनेर नगरपालिका अगाडी बढेको सन्दर्भमा साथी साकोसले सुरु गरेको यो अभियानमा नगरपालीकाले हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

Image may contain: 1 person, smiling, text

आफू अपाङ्ग भएपनि केहि गर्नुपर्दछ, भन्ने हिम्मतका साथ ब्यबसाय सुरु गरेको ब्यबसायी भुसालले बताए । साधारण ब्यक्तीले जस्तै सबै काम गर्न नसकेपनि सानोतिनो पसल संचालन गरेर केही आम्दानी गर्न सक्छु भन्ने मेरो लक्ष्य अनुसार ब्यबसाय सुरु गरेको उनले भने । आफु जस्तै अपाङ्ग युवाहरुलाई पनि साथी साकोस र सन्धिखर्क नगरपालिकाले ध्यान दिनुपर्ने भन्दै इच्छा शक्तिभएमा अपांग भएपनि जस्तोसुकै कामगर्न सकिने भुसालले बताए ।

Image may contain: 22 people, including Thakur Kumar BK, Bishnu Bhusal, Prakash Bhusal, Vishnu Banjade and Rudra Shrestha, people smiling, people standing

कार्यक्रममा भुमिकास्थान नगर प्रमुख रेशम थापा,सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार विक,वडा अध्यक्ष मोतिजंग रायमाझी,युवराज बन्जाडे,लक्ष्मी नारायण चुँदाली,विभिन्न विद्यालयका प्रध्नाध्यापक,शिक्षक,पत्रकार र साथी साकोसका सञ्चालकहरुको सहभागिता रहेको थियो ।

Image may contain: 8 people, including Krishna Bhusal, outdoor

कार्यक्रमको सहजीकरण साथी साकोसका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक प्रकाश भुसालले गरेका थिए । साथी सहकारीको युवा स्वरोजगार कार्यक्रम अन्तरगत अहिले सम्म जिल्लामा ३८ जना सदस्यहरुलाई व्यवसाय सञ्चालन गर्न सहयोग गरेको संस्थाले जनाएको छ ।

Image may contain: 2 people, including Dharmaraj Bhusal, people smiling, people standing
Image may contain: 1 person, smiling, standing
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.