भुनपा ३ मा राजमोको भेला सम्पन्न ।


सन्धिखर्क एफएम चैत्र १० अर्घाखाँची –

राष्ट्रिय जनमोर्चाले संघियता खारेजीको आन्दोलन गर्दा खिल्ली उडाउनेहरुनै अहिले संघियताबाट दिक्क भइसकेको राजमो नेताहरुले दाबी गरेका छन् । हिजो भारतिय डिजाईनमा ल्याएको संघियताले नेपाल र नेपालीमा बिखण्डन ल्याउछ भन्दा हामीलाई खिल्ली उडाउनेहरु अहिले संघियताको सुरुवाती नतिजा बाटै अघाइसकेको राजमो नेतनहरुले बताएका छन । राष्ट्रिय जनमोर्चा भुमिकास्थान ३ को धारापानी रातामाटामा आज आयोजित प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् ।

दण्डमणी भुसालको अध्यक्षता,नारायण प्रसाद भुसालको स्वागत मन्तव्य र सरिता भुसालको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापा,नेता सागर के.सी.,जिल्ला सचिव बाबुराम पन्थी, अन्टुक जिल्ला सचिव इन्द्रमणी भुसाल र शिक्षक प्रतिनिधि कुलराज भुसाल लगायतले मन्तव्य राख्दै मुलुकमा संघियता टिके नेपाल रहन नसक्ने जिकिर गरेका थिए ।

भेलाले रिखिराम बन्जाडेको अध्यक्षतामा २१ सदस्यिय राजमो टोल समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा तुल्सीराम वेल्वासे,सचिव बसन्ता पौडेल,सह–सचिव लोक प्रसाद भुसाल र कोषाध्यक्षमा विष्णु प्रसाद भुसाल चयन भएका छन । यस्तै सोही भेलाले नारायण प्रसाद पौडेलको अध्यक्षतामा २९ सदस्यिय अखिल नेपाल युवक संघ,कल्पना बन्जाडेको अध्यक्षतामा ३१ सदस्यीय अनेम संघ र डाँसीराम भुसालको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकको टोल समिति गठन गरेको समाचारमा जनाईएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.