एकल महिलाहरुलाई नगरपालीकाले तनमनका साथ सहयोग गर्छ –नगर उपप्रमुख बिक


श्याम घिमिरे चैत्र १४ अर्घाखाँची –
सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिकले नगरपालीकाले एकल महिलाहरुलाई तनमनका साथ सहयोग गर्ने बताउनु भएको छ । सन्धिखर्क नगरपालीकाको सिप तथा व्यवसायीक प्रबिधि हस्तान्तरण कार्यक्रम अन्तरगत बिहिबार सनपा ११ को डिभर्नामा आयोजित एकल महिलाहरुलाई बाख्रा पालनको लागी नगद रकम हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै बिकले यस्तो बताउनु भएको हो ।

Trong hình ảnh có thể có: 3 người, mọi người đang ngồi

बिकले बाख्रा पालनबाट एकल महिलाको जिवन निर्वाहमा केही ईटा थपिने भन्दै हौसला स्वरुप रकम हस्तान्तरण गरेको बताउनु भयो । उहाँले डिभर्ना बाख्रापालनकोलागी उर्भर भूमि भएकाले व्यवसायीक रुपमा बाख्रापालन गर्न सबैलाई आग्रह समेत गर्नु भएको हो ।


वडाअध्यक्ष धुब्रराज आचार्यको अध्यक्षता र महिला बिकास शाखाकी पुष्पा भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा महिला बिकास शाखाकी प्रमुख बेलकुमारी परीयार,पत्रकार श्याम घिमिरे,जितेन्द्र खत्रि,वडासचिब कुलदिप पोख्रेल र स्थानिय एकल महिलाको तर्फबाट पार्बता आचार्यले मनतब्य राख्दै एकल महिलाहरुलाई गरीएको सानो सहयोगले व्यवसायीक बन्न प्रेरणा मिलोस भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।


वडाका २० जना एकल महिलाहरुलाई प्रति ब्यक्ती पाँच हजार रुपैयाका दरले जम्मा रु १ लाख रुपैया हस्तान्तरण गरीएको हो । यसअघि एकल महिलाहरुले नगरपालीकाले आयोजना गरेको ४ दिने बाख्रापालन व्यवसायीक तथा उद्योमसिलता तालीम समेत लिनुभएको थियो । रकम प्राप्त गरेपछी स्थानिय एकल महिलाहरुले बाख्रालाई माईति घरबाट लिएको चिनो भन्दा पनी मायाँ गरी पालनपोषण गर्ने बताउनु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.