प्रगतिशिल लेखक संघ अर्घाखाँचीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा रायमाझी निर्वाचित- सामाजीक न्यायका कुरालाई लेखकले अग्रपंतिमा उठाउनुपर्ने केन्द्रीय उपाध्यक्ष शर्माका भनाई ।


श्याम घिमिरे चैत्र १४ अर्घाखाँची-
बामपन्थी निकट प्रगतिशिल लेखक संघ अर्घाखाँचीको दोस्रो जिल्ला अधिवेशन बिहिबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले बुद्धिराम रायमाझीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ ।

जसको उपाध्यक्षमा कमल प्रसाद घिमिरे,सचिब कमल घिमिरे,कोषाध्यक्ष शोभासिंह ठकुरी र सहसचिबमा भेषबहादुर केसीलाई निर्वाचित गरेको हो । यस्तै समितिको सदस्यमा जिबनारायण खनाल, पुष्करनाथ आचार्य, तेजप्रसाद पाण्डे,हृदय भुसाल,टेकनारायण गैरे, पशुपति आचार्य, भिमलाल आचार्य,बिजुला रायमाझी लगायत निर्वाचित हुनुभएको छ । अधिवेशनले कुलचन्द्र मरामसीनी,पिताम्बर भट्टराई,नारायण शास्त्री,शालीकराम आचार्य,बुद्धीराम भुसाल र नेत्र ढुंगानालाई सल्लाहकार समितिमा चयन समेत गरेको छ ।


यसअघि अधिवेशनको उद्घाटन गर्दे प्रगतिशिल लेखक संघका केन्द्रीय उपाध्यक्ष पदम प्रसाद शर्माले समाजलाई नयाँ रुप दिने कार्य नै प्रगतिशिलता भएको बताउदै आफुहरु लेखनको माध्यमबाट समाज परीवर्तनमा लागेको बताउनु भयो । शर्माले सामाजीक न्यायका कुरालाई लेखकले अग्रपंतिमा उठाउनुपर्ने भन्दै गतिशिलता भित्र प्रगतिशिलता हुने भएकोले लेखन कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

Image may contain: 5 people, including बुद्धि रायमाझी and Manju Ghimire, people sitting

अधिवेशन आयोजक समितिका अध्यक्ष बुद्धिराम रायमाझीको अध्यक्षता,मञ्जु घिमिरेको स्वागत मनतब्य र जेबि दर्लामीको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा संघका प्रदेश सदस्य खेमराज शर्मा,बुद्धिराम गैरे,नेकपा नेता जर्नाजन खनाल,प्रध्यापक बुद्धिराम भुसाल,लुम्बिनी वाङ्मयका अध्यक्ष पिताम्वर बन्जाडे,पत्रकार हिम जिसी लेकाली , अशोक खनाल लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो ।


Image may contain: 1 person, standing
This image has an empty alt attribute; its file name is 55924155_2138858133072855_7830869899198070784_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.