पाणिनि साहित्यिक पत्रिका प्रकाशन हुने

गोपाल प्रसाद भट्टराई चैत्र १५ अर्घाखाँची- अर्घाखाँची जिल्लामा साहित्यको समग्र विकासको निम्ती पाणिनि साहित्यिक पत्रिका प्रकाशन हुनेभएको छ । अग्रज साहित्यिक हस्तीहरुको सम्मान र नवप्रतिभाहरुको हौसला स्वरुप समग्र जिल्लाको साहित्यिक विकासको निम्ती लुम्विनी वाङ्गमय प्रतिष्ठान जिल्ला शाखा अर्घाखाँचीले यस्तो पत्रिका प्रकाशन गर्ने भएको हो ।

केही दिन पहिले सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिको आज सन्धिखर्कमा सम्पन्न प्रथम बैठकले यस्तो निर्णय गरेको प्रतिष्ठानका जिल्ला अध्यक्ष पिताम्बर बन्जाडेले जानकारी दिनुभएको छ ।पाणिनि साहित्यिक प्रतिष्ठान अर्घाखाँचीको मातहतमा प्रकाशन हुंदै आएपनि केही बर्षदेखी प्रकाशन रोकिएकोले अबदेखी लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीले साहित्यिक पत्रिकालाई निरन्तरता दिने भएको हो ।

जसको निम्ती प्रतिष्ठानका जिल्ला सचिव जे.वी.दर्लामीको संयोजकत्वमा चोप नारायण बन्जाडे र सिता श्रेष्ठ सदस्य रहेको तिन सदस्यिय सम्पादन समितिको गठन समेत भएको छ । अध्यक्ष बन्जाडेको अध्यक्षता,केन्द्रिय सदस्य हिम लेकाली,सल्लाहकार माधव चुंदाली,हरी प्रसाद भुसाल,भेष बहादुर के.सी.को बिशेष उपस्थिति र सचिव दर्लामीको संचालनमा सम्पन्न बैठकले प्रत्येक महिनाको पहिलो शुक्रवार साहित्यिक चौतारी संचालन गर्ने,साहित्यमा पाठकको विकास गर्न रिडर्स क्लवको गठन गर्ने र अर्को बैठकबाट एक बर्षे बार्षिक कार्ययोजना बनाएर अगाडि बढ्ने निर्णय भएको प्रतिष्ठान जिल्ला सदस्य गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.