प्रधानमन्त्री ओलीको राष्ट्रवाद नक्कली राष्ट्रवाद हो – काँग्रेस नेतृ संग्रौला

Image may contain: 3 people, including Bishnu Muskan, people sitting and indoor


श्याम घिमिरे चैत्र १५ अर्घाखाँची –
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नक्कली राष्ट्रवाद भएको बताउनु भएको छ । नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले सुक्रबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले उक्त कुरा बताउनु भएको हो । संग्रौलाले निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले वालुवाटार र सिंहदरवारमा लुकाएर राखेको भन्दै सरकार काण्डै काण्डमा डुबेको आरोप समेत लगाउनु भयो ।


सरकारले विप्लव समुहसंग वार्ता गर्नुको साटो प्रतिबन्द्ध लगाएर देशमा फरी अर्को द्धन्द्ध निम्त्याउन खोजेको बताउदै वार्ता द्धारा समस्याको समाधान गर्न र विप्लव समुहलाई पनि हिंसाको राजनिती छोडेर शान्तीपुर्ण राजनितीमा आउन आग्रह गर्नुभयो । संघीय सांसद समेत रहनु भएकी नेतृ संग्रौलाले नेपाली काँग्रेस संविधानको कार्यान्वयन गर्ने पक्षमा रहेको बताउदै दुईतिहाईको दम्भमा संविधानको उल्लङ्घन गर्ने अधिकार कोही कसैलाईपनी नभएको पष्ट पार्नु भयो ।


सिंहदरवारको अधिकार जनताको घरदैलोमा भनेपनी वास्तममा अधिकार घरदैलोमा आउन नसकेको भन्दै नेतृ संग्रौलाले नेपाली जनता बिकासको पुर्बाधारबाट बञ्चीत भएको अबस्थामा मुलुकका प्रधानमन्त्री र मन्त्री मोटाउँदै गएको तर नेपाली जनता दुब्लाउँदै जानु बिडम्बना भएको बताउनु भयो । कार्यक्रम प्रेस युनियनका जिल्ला उपाध्यक्ष सरीता भुसालको अध्यक्षता, केन्द्रीय पार्षद घनश्याम पौडेलको स्वागत मनतब्य र सदस्य विक्रम पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 5 people, including शान्ता भण्डारी, people sitting
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.