मालारानी गाउँपालीकामा अनेमसंघको समिति गठन

श्याम घिमिरे चैत्र १६ अर्घाखाँची –

Image may contain: 16 people, including Mina Bc, people standing, child, shoes, outdoor and nature

राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल महिला संघ मालारानी गाउँपालीकाको अध्यक्षमा तुलसा कुवँर निर्वाचित हुनुभएको छ ।

अनेमसंघ अर्घाखाँचीको सहजीकरणमा सनिबार बाँगीको भण्डारमा सम्पन्न भेलाले अध्यक्ष कुवँरको नेतृत्वमा १५ सदस्यीय अनेमसंघ मालारानी गाउँपालीकाको गठन गरेको हो । जसको उपाध्यक्षमा खकी थापा, सचिव कमला पन्थी,र कोषाध्यक्षमा सरीता थापा चयन हुनुभएको छ । यस्तै समितिको अन्य सदस्यहरुमा बिमला बिष्ट,लक्ष्मी खनाल,सिता भुसाल,सिता पाण्डे र साबित्रा भुसाल चयन हुनुभएको छ । भेलाले गिता आचार्य,कृष्णकुमारी थापा र अनिता घिमिरेलाई सल्लाहकार समितिमा चयन समेत गरेको छ ।

Image may contain: 13 people, people smiling, people sitting and child

कृष्णा कुमारी थापाको अध्यक्षता, र कमला पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा अनेमसंघ जिल्ला उपाध्यक्ष गिता पाण्डे, संघकी जिल्ला कोषाध्यक्ष तथा मालारानी ईन्चार्ज मिना बिसी, राष्ट्रिय जनमोर्चाका नेता बिरबहादुर कुवँर, नरेन्द्र बहादुर थापा लगायतले मन्तव्य राख्दै महिलाहरुको सक्षमतामा कमी र पिडकलाई शक्तिको भरमा बचाउ गर्ने परिपाटी हावी भएकोले लैङ्गिक हिंसाका घटनाहरु बढेर गएको बताउनुभयो । अपराधीलाई कसैले पनि आफ्नो मान्छे भनेर संरक्षण गर्नु बिडम्बना भएको भन्दै सबै पक्ष सचेत हुनुपर्नेमा उहाँहरुले जोड समेत दिनुभएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.