राजमो भुमिकास्थान एक को संयूक्त भेला सम्पन्न

    

श्याम घिमिरे चैत्र १६,अर्घाखाँची –

राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालीका वडानम्वर १ को जनबर्गीय संगठनहरुको संयूक्त भेला साम्नेगाउँमा सनिबार सम्पन्न भएको छ । संघियताको खारेजी ,कर वृद्धि ,महङ्गी र भ्रष्टाचारको विरोध,राष्ट्रियता,धर्म निरपेक्षताको रक्षा, गणतन्त्रको संस्थागत बिकास गरौ भन्ने मुलनाराका साथ भेला सम्पन्न भएको हो ।


भेलालाई सम्बोधन गर्दे राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापाले नेपाल जस्तो देशमा संघियताको आवश्यकता नभएको बताउदै संघियताले देशलाई टुक्रा टुक्रापारी विखण्डन तर्फ लैजाने हुनाले यसलाई खारेजी गर्नुको बिकल्प नभएको बताउनु भयो । थापाले अहिलेको राज्य पुनःसंरचनाले जनताको आर्थिक न्यायलाई टाट पल्टाउने भएकोले यसबाट जनताले मुक्ति नपाउने भन्दै बर्गिय आन्दोलन बिना कुनैपनी आन्दोलन सम्पन्न नहुने कुरामा जोड दिनुभयोे ।

राजमो भुमिकास्थान एकका अध्यक्ष मेघराज खनालको अध्यक्षता रोम बहादुर राउतको स्वागत मनतब्य र माधव खनालको संचालनमा सम्पन्न कार्यक्रममा राजमो केन्द्रीय सदस्य यमलाल पोख्रेल, केन्द्रिय परिषद सदस्य खड्क बहादुर थापा, राजमो जिल्ला अध्यक्ष थम्मन केसि ,राजमो भुमिकास्थान नगर समिति अध्यक्ष टेकबहादुर थापा , उपाध्यक्ष कविराम खनाल ,अखिल नेपाल शिक्षक संघका केन्द्रीय महासचिव चक्रपाणी पौडेल, अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य कुलराज खनाल , अखिल छैठौं का केन्द्रिय सचीव गोपालप्रसाद भट्टराइ, अखिल नेपाल महिला संघकि जिल्ला सदस्य लिला भुसाल ,जनप्रतिनिधि भोजराज खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


भेलाले युवराज खनाल अध्यक्ष रहेको ११ सदस्यीय अखिल नेपाल शिक्षक संघ र ननुकान्त भुसाल अध्यक्ष रहेको १७ सदस्यीय अखिल नेपाल किसान संघ भुमिकास्थान १ को वार्ड समिति समेत गठन गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.