बार्दी खेल मैदानको शिलान्यास सम्पन्न

           

श्याम घिमिरे चैत्र १७, अर्घाखाँची –
प्रदेश सरकारको एक स्थानीय तह, एक खेल मैदान निति अन्र्तरगत अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडानम्वर १ मा अवस्थित बार्दी खेल मैदानको आईतबार एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले शिलान्यास गरेका छन । शिलान्यास कार्यक्रममा मनतब्य राख्दै घिमिरेले खेलको बिकासकालागी युबायुबतिहरु दृढताका साथ लाग्नुपर्ने बताउदै बिकास र समृद्धिमा सबैजनाको सहभागीता हुनुपर्ने बताए ।


जिल्लामा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगीता सन्चालन गर्न बार्दी खेलमैदानले टेबा पु¥याउने भन्दै खेल क्षेत्रको बिकासका लागी सबैको ध्यानजानु पर्नेमा जोड दिए । यस्तै घिमिरेले निर्माणकर्तालाई क्वालीटियुक्त कार्य गर्न आग्रह समेत गरे ।


सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले सन्धिखर्कमा राष्ट्रिय तथा क्षेत्रीय स्तरका खेलकुदका कार्यक्रम गर्नको लागि मैदान को अभाव रहेको कारणले गर्दा बार्दिमा खेल मैदान निर्माण गर्न लागिएको भन्दै भुसालले खेलकुदको माध्ययमबाट समग्र नगरको बिकास हुनेमा आफुहरु आशाबादी रहेको बताउदै पर्यटन प्रर्बद्धनमा समेत टेबापुग्ने बताए ।


नगरउपप्रमुख ठाकुर कुमार बिकले खेल मैदान निर्माणले जिल्लाको पर्यटन पुर्बाधारको क्षेत्रको बिकास गर्ने बताए । खेल मैदानको लागि आबश्यक पर्ने भबन ट्याइलेट लगायतका संरचना बजेट अपुगको कारण निर्माण सम्पन्न हुन नसके पनि अर्को आर्थिक बर्ष भित्र खेल र खेलाडीहरुकालागि आबश्यक पर्ने संरचना निर्माण गरीने बिकले बताए ।


वडानम्बर १ का वडाअध्यक्ष युवराज वन्जाडेको अध्यक्षता प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलको स्वागत मनतब्य र सदस्य लक्ष्मण पराजुलीको सन्चालनमा सम्पन्न कार्यक्रममा खेलपे्रमी बिष्णुपरीयार ,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले मनतब्य राख्नु भएको थियो ।


कार्यक्रममा वडानम्बर २ का वडाअध्यक्ष मोतिजंग रायमाझी, नगरपालिकाका योजना अधिकृत गोबिन्द केसि,राजनितिक दलका स्थानीय प्रतिनिधि,पत्रकार लगायत स्थानीय ब्यक्तीहरुको उपस्थिति रहेको थियो । खेल मैदान निर्माणका लागि नगरपालिकाल केही समय अगाडि ७५ लाखको टेन्डर आभान गरेको थियोे । यसै आर्थिक बर्षमा केही खेलहरु खेल्न सक्ने गरी मैदान निर्माणहुने सन्धिखर्क नगरपालिकाका सबईन्जिनियर नारायण पोख्रेलले जानकारी दिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.