हावाहुरीको कारण बारामा मात्रै २७ जनाको ज्यान गयो


 चैत १७, काठमाण्डौ – आइतबार साँझ आएको हावाहुरीले बारामा ठूलो मानवीय क्षति पुगेको छ । बारामा मात्रै २७ जनाको ज्यान गएको छ । यसैगरी पर्सामा एकजनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार अहिलेसम्म जिल्लामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । दुई सयभन्दा धेरै घाइते भएका छन् । घाइतेको उद्दारको काम रातिदेखि नै भैरहेको र बिभिन्न अस्पतालमा उपचार भैरहेको बाराका उज्यालो सहकर्मी जयनारायण यादवले जनाएका छन् ।

यसैगरी पर्सामा पनि हावाहुरीले धनजनको क्षति पुर्याएको छ । त्यहाँ एकजनाको ज्यान गएको पुष्टि भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राति ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिनु भएको छ । 

बाराको फेटामा हावाहुरीले एक इँटा भट्टाको चिम्नी लडाउँदा च्यापिएर तीन जनाको ज्यान गएको छ । त्यस्तै गुडिरहेको गाडी हावाले पल्टाउँदा दुई जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

हावाहुरीका कारण सयौँ बिजुलीका पोल ढलेको केन्द्रले जनाएको छ । यस्तै घरहरु पनि भत्किएका छन् ।

उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भइसकेको र उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनु भएको छ ।  

घटनाको विस्तृत विवरण आइसकेको छैन । source:ujyaaloonline

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.