अर्घाखाँचीमा कृषक दिवस मनाइयो,आफुहरुले उत्पादन गरेको तरकारी खेतीले उचित बजार नपाएको कृषकहरुको गुनासो

सन्धिखर्क एफएम चैत्र २५ अर्घाखाँची – आफुहरुले उत्पादन गरेको तरकारी खेतीले उचित बजार नपाएको कृषकहरुले गुनासो गरेका छन । किसान परियोजनाको सहयोगमा आचार्य एग्रोभेट सेन्टरले जिल्लाकै सबै भन्दा बढी तरकारी उत्पादन हुने घोचेखोलामा आईतबार गरेको कृषक दिवस कार्यक्रममा कृषकहरुले उत्पादनको बजार नपाएको र विचौलियाले मनग्ये फाइदा उठाएको बताएका हुन । घोचेखोलामा अहिले बन्दा फुलगोभी , साग लगायतका तरकारी उत्पादन भैरहेका छन । तर बजार नपाउदा तरकारी खेतमै कुहिन थालेको छ । कृषकका समस्यामा सम्बन्धित निकाय मौन देखिएको उनीहरुले आरोप लगाएका छन ।

कृषक दिवस कार्यक्रममा किसान परियोजनाका क्षेत्रीय संयोजक विश्व पोख्रेल, कृषि जोन कार्यक्रमका थीरलाल गैरे, कृषकहरु गणेश बन्जाडे, पुस्करनाथ बन्जाडे, जानका बन्जाडे, पिताम्वर बन्जाडे, नारायण भटट्टराइ, रिता आचार्य, पत्रकार प्रेमनारायण आचार्य लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम घोचेखोला कृषक समुहका अध्यक्ष मधु बन्जाडेको अध्यक्षता, अस्मीता आचार्यको सञ्चालन र मित्रबहादुर बिसीको स्वागतमा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.