अर्घाखाँचीमा जिप दुर्घटना ३ को मृत्यु , १६ घाईते


श्याम घिमिरे, चैत्र २५ अर्घाखाँची –
अर्घाखाँचीको भुमिकास्थानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम सन्धिखर्कबाट प्युठान जिल्लाको ऐरावति गाउँपालीका बरौला जाँदै गरेको लु १ ज १२२९ नम्बरको देउराली यातायातको यात्रुबाहक जीप अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका वडानं ८ नुवाकोट लात्तेबाँझ नजिकै सोमबार दिउँसो करीब पौने २ बजे दुर्घटना भएको हो ।


दुर्घटनामापरी घटनास्थलमा २ जनाको र जिल्ला अस्पताल सन्धिखर्कमा १ जना गरी ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नबराज मल्लले जानकारी दिए ।


मृत्यु हुनेमा प्युठान जिल्लाको ऐरावति गाउँपालिका वडानम्वर ६ बैरेनीकी १४ बर्षिया मोनिका आचार्य, ऐरावती २ बरौला मलवाङका अन्दाजी ५२ बर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका वडानम्बर १२ डिर्भनाका ४ बर्षीय प्रिन्स श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १६ जना घाइते भएका छन् ।

घाईते मध्ये १३ जनालाई बुटबल रिफर गरीएको र ३ जनाको जिल्ला अस्पतालमै उपचार भईरहेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख डा.जगनाथ तिवारीले जानकारी दिए । गाडी सडकबाट करीब एक सय मिटर तल खसेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी प्रमुख मल्लले बताए ।

This image has an empty alt attribute; its file name is 56478604_415711275881805_6753369686756294656_n.jpg
This image has an empty alt attribute; its file name is 56478604_415711275881805_6753369686756294656_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.