त्रिबेणी साकोसको दुई दिने सहकारी अध्ययन अवलोकन भ्रमण सम्पन्न ।


श्याम घिमिरे, चैत्र २६ सन्धिर्खक-
त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको आयोजनामा संस्थाको वार्षिक कार्ययोजना अन्तरगत दुई दिने सहकारी अबलोकन तथा भ्रमण कार्य सम्पन्न भएको छ । चैत्र २२ र २३ गते गरी दुई दिने अबलोकन भ्रमण कार्य सम्पन्न गरेको संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेले जानकारी दिनुभयो ।

भ्रमणले धेरै कुरा सिकाएको र भ्रमण पुर्णरुपमा प्रभाबकारी र फलदायी भएको भ्रमणमा सहभागी संस्थाकी शेयर सदस्य तारादेबि भुसालले बताउनु भयो ।

भ्रमणको क्रममा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालीका १३ बनगाईमा रहेको सिनर्जी साकोस र रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालीका १५ कोटिहवाको प्रतिष्ठित एवं सफल उन्मुख जनउत्थान साकोस सहकारीको अध्ययन अवलोकन गरीनुका साथै नेपालको पहिचान बोकेको ऐतिहासिक धार्मिक स्थल भगवान गौतम बुद्धको जन्मभूमी लुम्विनी र कपिलबस्तुको जगदिसपुर तालको सफलतापूर्वके अबलोकन भ्रमण सम्पन्न भएको भ्रमण ब्यबस्थापक समितिका सदस्य नारायण भुसालले बताउनु भयो ।


बहुसंख्यक शेयर सदस्य भएको सहकारीमा पूर्ण प्रजातान्त्रिक विधि र मूल्यमान्यता अनुरूप क्रमश सिरियल नम्वर अनुसार शेयर सदस्यलाई अध्ययन अवलोकन भ्रमणको व्यवस्था भएको संस्थाका लेखा समिति सदस्य शिब बेल्लवासेले बताउनु भयो ।

यसपटक सिरियल नम्बर १ देखि २१२ जना शेयर सदस्यसम्म बाट ७७ जना शेयर सदस्यहरुको सहभागिता रहेको बेल्बासेले बताउनु भयो ।


दुई दिने अबलोकन भ्रमणको क्रममा गाडीभाडा,खाना, नास्ता,बासबस्ने लगायत १ लाख ४० हजार ६ सय ५७ रुपैया खर्च भएको संस्थाका कार्यकारी निर्देशक तुल्सीराम खनालले जानकारी दिनु भयो ।


यसैबिच भ्रभणको क्रममा सहयोग र्पुयाउने सम्पूर्ण सेयर सदस्यहरु,सहकारीद्वय सिनर्जी र जनउत्थान साकोस, सवारी चालक, सवारी धनि,होटल व्यवस्थापक लगायत सम्पूर्णमा हार्दिक धन्यवाद एवं आभार प्रकट गरेको भ्रमण व्यवस्थापक संयोजक टोपलाल खनाल र सदस्य मधु बन्जाडेले जनाउनु भएको छ ।

This image has an empty alt attribute; its file name is 56691394_624004481396412_4658999751822278656_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.